२५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026

केएम मिनिरल वाटरको जारमा भेटियो किरा, ललितपुर महानगरले तिरायो २५ हजार जरिवाना !


४ बैशाख २०८२, बिहिबार  


ललितपुर महानगरले केएम मिनिरल वाटर कम्पनीलाई २५ हजार जरिवाना तिराएको छ।पानी उत्पादन गरेर बेचिरहेको केएम मिनरल वाटरको जारमा किरा भेटिएपछि महानगरले जरिवाना तिराएको हो। केएमले प्रशोधन गरी जारमा राखेको पानीमा ठूलो किरा भेटिएको छ।

ललितपुरको पशु सेवा तालिम केन्द्र लगनखेलमा पिउने प्रयोजनको लागि ल्याइएको पानीको जारमा बिहीबार कीरा भेटिएको हो।

किरा भेटिएपछि ललितपुर महानगरले पानी उत्पादक कम्पनी केएमलाई रु २५ हजार जरिवाना गरेको ललितपुर महानगरपालिका नगर प्रहरी प्रमुख सिताराम हाछेतुले जानकारी दिए।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  ५ : ११ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित