हर साल,हर सपनाहरू लिएर आउँछन्। २०८१ साल पनि हजारौं सपनाहरूको कुन्तुरो बोकेर आयो। यश सालमा कति जिउँदा सपनाहरू पूरा भए, कति अनपेक्षित घटना भए, देशले के पायो ? के के गुमायो ?त्यो हर वर्षान्तमा समीक्षा हुनुपर्छ । तिनै घटना र परिघटनाको समीक्षा गर्दै छौ यहाँ ।
यस अघिका वर्षहरू या सालहरू झै वर्ष २०८१ साल पनि राजनीतिक, आर्थिक र सामाजिक तथा प्राकृतिक विविध घटनाका कारण उत्तिकै चर्चामा रह्यो ।
राजनीतिक घटनाक्रमका हिसाबले २०८१ अनौठो र रोचक रह्यो। संसदका मुख्य दल मिलेर सरकार बन्यो भने पूर्व राजा ज्ञानेन्द्र शाहको योजनामा तिनकुुनेमा हिंसा भड्काईयो।राजावादीको हिंसात्मक आ न्दोलनमा दुई जनाको ज्यान गयो भने सहकारी ठगीमा रवि लामिछानेको तिर्थाटनको खबर धेरै बने। विद्युत प्राधिकरणका कुलमान घिसिङ र त्रिभुवन विश्वविद्यालय उपकुलपति केशब बराल मगर सत्ताको प्रतिशोधीको शिकार बने। राजतन्त्रका भुत प्रेतका नामका समूहहरू सशक्त रहे भने शिक्षकहरूको निर्थक आन्दोलन जारी छ।
राजनीतिक घटनाक्रम
यश वर्ष उपनिर्वाचनका कारण चर्चामा रह्यो।२०८१ १७ गते बझाङ जिल्लाको प्रदेशसभा १ मा भएको उपनिर्वाचनमा नेकपा ९एमाले० का दमनबहादुर भण्डारी विजयी भए, भने
यही सालका वैशाख १८ गते इलाम निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनमा नेकपा ९एमाले०का सुहाङ नेम्वाङले बाजि मारे।वैशाख २७ गते स् नेकपा ९एमाले० संसदीय दलका नेता हिक्मतकुमार कार्की तेस्रो पटक कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भए ।त्यसैगरी २०८१ साल जेठ ४ गते तत्कालीन सत्ता साझेदार तीन दल र प्रमुख प्रतिपक्षी दलबीच सहकारीमा भएको आर्थिक अपचलनका सन्दर्भमा संसदीय छानबिन समिति गठन गर्ने सहमति भयो ।
२०८१ साल जेठ ७ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत प्राप्त गरे।
यसै जेठ महिनाको १४ गते गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको विश्वासको मत असंवैधानिक गर्दै नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतको परमादेश जारी गर्यो।
यही जेठ २३ गते मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादव विश्वासको मत पाउन असफल भएपछि
जेठ २५ गते मधेस प्रदेशका मुख्यमन्त्रीमा सतिशकुमार सिंह नियुक्त भए
२०८१ असार १७ एमाले र कांग्रेसबीच सत्ता समीकरणका लागि ७ बुँदे सहमति भयो। यही असार १९ गते तत्कालीन सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा ९एमाले०द्वारा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लियो भनेअसार २० गते नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०को अध्यक्षमा माधवकुमार नेपाल पुनः सर्वसम्मत चयन भए ।
२०८१ असार २२ गते मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई विश्वासको मत प्राप्त गरे भने
२०८१ असार २८ गते विश्वासको मत नपाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदमुक्त भए ।
२०८१ असार ३० गते कांग्रेससंगको सत्ता गठबन्धनका प्रधानमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का अध्यक्ष केपी शर्मा ओली नियुक्त भए ।
२०८१ साल साउन ६ गते स्ु प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त भयो । २०८१ साउन ८ गते बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका बहादुरसिंह लामा ९तामाङ० नियुक्त भए ,साउन २० गते नेपाली कांग्रेसका कमलबहादुर शाह दोस्रो पटक सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भए ।
२०८१ साल भदौ ३१ गते सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले गोर्खा मिडियाका सञ्चालकलाई कारबाही गर्न सिफारिस गर्यो। २०८१ साल कार्तिक २ गते रास्वपा सभापति लामिछाने पक्राउ परे।२०८१ पुस ८ गते प्रतिनिधिसभा सदस्य रवि लामिछानेको सांसद पद निलम्बन भयो ।
२०८१ चैत ५ गते– स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भयो । त्रिवि अन्तरगतका क्याम्पसमा नेविसंघ पहिलो अनेरास्ववियु दोश्रो र अखिल क्रान्तिकारी तेस्रो भए ।यही साल
चैत १५ गते पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनमा पत्रकार सुरेश रजकसहित दुई जनाको मृत्यु, घाइते भए । सार्वजनिक तथा निजी सम्पत्तिमाथि आगजनी र तोडफोड, जिल्ला प्रशासन कार्यालय काठमाडौँद्वारा कर्फ्यू आदेश जारी गरियो।
२०८१ चैत २० गतेदेखि नेपाल शिक्षक महासङ्घको आह्वानमा शिक्षकहरूको काठमाडौँ केन्द्रित आन्दोलन जारी छ ।
कूटनीति क्षेत्र
२०८१ वैशाख ११ गते कतारका अमिर शेख तमिम विन हमाद अल थानीबाट नेपालको राजकीय भ्रमण सम्पन्न ,त्यसैगरी जेठ २७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रममा सहभागी भए ।२०८१ जेठ २९ गते राष्ट्रपति रामचन्द्र पौडेल औपचारिक विदेश भ्रमणका क्रममा जेनेभा प्रस्थान गरे।असार १ गते राष्ट्रपति रामचन्द्र पौडेल जर्मनी भ्रमणमा गए।भदौ १० गते ओमानका विदेशमन्त्री सैयद बद्रविन हमाद विन हमुद अबुसैदी नेपाल भ्रमणमा ।
असोज ४ गते प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको ७९ औँ महासभामा सहभागी हुन न्यूयोर्क प्रस्थान गरे।यही साल कात्तिक २५ गते राष्ट्रपति रामचन्द्र पौडेल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घ सम्मेनल ९कोप २९० मा नेपालको प्रतिनिधित्व गर्दै अजरवैजान प्रस्थान गरे।
मङ्सिर १६ गते प्रधामन्त्री केपी ओली चीन भ्रमणका लागि प्रस्थान गरेका थिए।
२०८१ चैत १९ गते प्रधानमन्त्री केपी ओली थाइल्याण्डको औपचारिक भ्रमण र बिम्स्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन थाइल्याण्ड प्रस्थान, भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरे।
अपराधका नालीबेली
२०८१ वैशाख १३ गते रौतहट जिल्ला अदालतद्वारा पूर्वमन्त्री अफताव आलमसहित चार जनालाई जन्मकैद ।वैशाख २७ गते केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआइबी०द्वारा काठमाडौँको नक्सालस्थित नेपाल बाल सङ्गठन ९बालमन्दिर० को जग्गा दुरूपयोग गरी अनियमितता गरेको आरोपमा २० जनाविरूद्ध पक्राउ पूर्जी जारी भयो ।
यसै साल जेठ २ गते राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा उच्च अदालत पाटनद्वारा सफाइ दिइयो ।
यही २०९१ कात्तिक २ गते स्पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परे।कात्तिक २० गते गण्डकी प्रदेशसभाका सदस्य तथा पूर्व मन्त्री ‘दीपक मनाङे’ भनिने राजीव गुरूङलाई ज्यान मार्ने उद्योग मुद्दामा सर्वोच्च अदालतबाट पाँच वर्ष कैद सजायको फैसला भयो ।त्यसैगरी २०८१ साल चैत ५ गते काठमाडौँको टोखाबाट करिब २५ करोड बराबरको विदेशी मुद्रा बरामद भयो।चैत २९ गते काठमाडौँको तीनकुनेमा हिंसात्मक प्रदर्शनलगत्तै फरार भएका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाई झापाबाट पक्राउ भए ।
पूर्वाधार निर्माणमा उथलपुथल
वैशाख ३ गते नागढुङ्गा–सिस्नेखोला सुरूङमार्ग आयोजनाअन्तर्गत सुरूङमार्ग छिचोलियो ।असोज ११ गते विपी राजमार्ग बाढी र पहिरोले क्षतिग्रस्त ।
माघ १३ गते राष्ट्रिय गौरवको सिद्धबाबा सुरूङमार्गको सुरूङ सात महिनामै छिचोलेर पूर्वाधार क्षेत्रमा नयाँ आयाम थपिएको थियोे ।
आर्थिक गतिविधिको वर्ष
२०८१ साल वैशाख १५ गते सरकारबाट काठमाडौँमा तेस्रो लगानी सम्मेलनको आयोजना, ५२ देशका लगानीकर्ताहरूको उल्लेख्य सहभागिता रह्यो । त्यसैगरी यसै साल जेठ १५ गते सरकारद्वारा आगामी आर्थिक वर्ष २०८१र८२ लाई आर्थिक सुधारको वर्ष घोषणा गर्दै १८ खर्ब ६० अर्ब ३० करोडको बजेट प्रस्तुत गरियो ।२०८१
माघ १४ गते अमेरिकी सहयोग नियोग ९युएसएड० मार्फत नेपाललाई प्राप्त अनुदान ९० दिनका लागि स्थगित भयो ।२०८१ चैत ९ गतेका दिन एमसीसी परियोजना अघि बढाउने अमेरिकी सरकारबाट प्रतिबद्धता जारी भयो ।
खेलकुद र पर्वतारोहण क्षेत्र
२०८१ साल जेठ ९ गते कीर्तिमानी पर्वतारोही कामिरिता शेर्पा ३० औँ पटक सगरमाथा शिखर चुम्न सफल भए ।यही सालकोजेठ १९ देखि असार १५ गतेसम्म संयुक्तराज्य अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न आइसिसी मेन्स टी–२० क्रिकेट विश्वकपमा नेपाल सहभागी भयो नेपाल लिग चरणबाट बिदा भए पनि प्रभावशाली खेल प्रदर्शन गरेर नयाँ इतिहास रच्यो।
२०८१ साल पुस ६ गते जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग ९एनपिएल० च्याम्पियन भयो नेपाल प्रिमियर लीगको पहिलोपटक क्यानले आयोजना गर्यो।
विविध क्षेत्र
२०८१ साल असार ९ गते अख्तियार दुरूपयोग अनुसन्धन आयोगद्वारा मुख्यसचिव डा वैकुण्ठ अर्यालविरूद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचारको अभियोगमा मुद्दा दायर । वरिष्ठ सचिव लीलादेवी गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिईयो।यस्तै साउन ३० गते बेपत्ता पारिएका व्यक्तिको खोजविन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित भयो। २०८१ भदौ १३ गते मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त भए भने कात्तिक १४ गते तत्कालीन मुख्यसचिव डा वैकुण्ठ अर्यालले विशेष अदालतद्वारा सफाइ पाए। २०८१मङ्सिर २ गते स्पूर्वसभामुख दमनाथ ढुङ्गानाको निधन भयो ।मङ्सिर ६ गते राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेनाका स्थलसेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गरे।मङ्सिर २० गते विशेष अदालतद्वारा नेपाल वायु सेवा निगमको खरिद अनियमितता प्रकरणमा तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारसहित चार जना दोषी ठहर गरियो।फागुन ३ गते संयुक्त राष्ट्रसङ्घको आह्वानमा द्वन्द्वरत मुलुक लेबनानमा खटिएको नेपाली शान्ति सैनिकमाथि आक्रमण भयो, भने पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा बेलुन पड्कँदा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य घाइते भए ।२०८१ फागुन ४ गते भारतको उडिसा भुवनेश्वरमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद ढङ्गबाट मृत्यु भयो र फागुन २९ गते साहित्यकार लीलबहादुर क्षेत्रीको पनि निधन भयो । पहिलोपटक २०८१ चैत १ गते उपभोक्ता अदालत गठन गरियो भने चैत ४ गते नेपाल प्रहरीको महानिरीक्षकमा दिपक थापा नियुक्त भए ।
२०८१ साल चैत ९ गते राष्ट्रिय समाचार समितिका पूर्व अध्यक्ष एवं वरिष्ठ पत्रकार माधवरसिंह बस्नेतको निधन भयो ।
चैत ११ गते नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पदमुक्त गरिए ।
चैत १७ गते लेखक, कूटनीतिज्ञ एवं वरिष्ठ पत्रकार कमलप्रसाद कोइरालाको निधन भयो भने चैत २४ गते राष्ट्रिय समाचार समितिका पूर्व प्रमुख समाचारदाता एवं वरिष्ठ पत्रकार भैरव रिसालको पनि निधन भयो ।
घटना–दुर्घटना
२०८१ साल असार १७ गतेका दिन रोल्पामा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भयो ।असार २८ गते नारायणगढ–मुग्लिन खण्डअन्तर्गत सिमलतालमा पहिरो जाँदा ६२ जना यात्रु बोकेका दुई वटा बस त्रिशूली नदीमा बेपत्ता भयो । २०८१ साउन ९ गते काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्रै दुर्घटना हुँदा १८ जनाको ज्यान गयो ।
२०८१ साल साउन २३ गते काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही क्षणमै एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनामा पाँच जनाको मृत्यु भयो
२०८१ साल भदौ ३ गते बझाङ, जाजरकोट र स्याङ्जामा पहिरोमा परी आठको मृत्यु भयो ,भने
भदौ ७ गते भारतीय पर्यटक सवार बस पृथ्वी राजमार्गको आँबुखैरेनीमा दुर्घटना हुँदा २७ को मृत्यु, १६ घाइते भए ।
२०८१ साल भदौ ९ गते रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–३, टोकरपुरस्थित लेकखर्कमा पहिरोले वस्ती बगाउँदा छ जनाको मृत्यु र।
असोज १२ गते अविरल वर्षाका कारण बाढीपहिरो र डुबानमा परी ९० जनाको मृत्यु, ७२ घाइते भए ।
असोज १३ गते दुई दिनदेखिको वर्षाका कारण काठमाडौँ आउँदै गरेका दुई वटा माइक्रो बस र एउटा बस झ्याप्ले खोलाको पहिरोमा पुरिँदा ३५ जनाको मृत्यु भयो भने असोज १७ गते काभ्रेको तेमाल गाउँपालिका–२ ढडेन पाखामा गएको पहिरोमा परी एकै परिवारका छ जनाको ज्यान गयो। असोज ३० गते महेन्द्रनगरबाट बैतडीको पुर्चौंडीतर्फ गएको रात्रिबस दुर्घटनामा पाँचको मृत्यु, १२ घाइते भए ।
२०८१ साल मङ्सिर १४ गते रामेछापको गोकुलगङ्गा गाउँपालिका–६ मा गाडी दुर्घटना हुँदा पाँचको मृत्यु र २०८१ साल माघ महिनाको २६ गते स्र सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी भयो र लाखौं क्षति भयो ,भने २०८१ साल चैत ३० गते वीरगन्जमा झडप भयो। हनुमानको जन्मोत्सव मनाउने क्रममा दुई समुदायबीच झडप हुँदा ४० बढी घाईते भए । चैत ३० गते दिउँसो १२ बजेसम्म स्थानीय प्रशासनले कर्फ्यु जारी गर्यो।