प्रधानमन्त्री केपी ओलीले रूसी राष्ट्रपति सोमबार साँझ भेटवार्ता गरेका छन् ।
गएको शनिबारबाट चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले सोमबार साँझ तियान्जिन मेइजिङ सम्मेलन केन्द्रमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका हुन् ।
उनीहरूबीचको यो भेटवार्तालाई नेपालमा चासोको रुपमा हेरिएको छ ।
शाङ्घाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिने क्रममा चीनमा पुगेका उनीहरूबीच द्विपक्षीय भेटवार्ता भएको हो ।
नेपाली भ्रमण टोलीमा रहेका एक सरकारी अधिकारीका अनुसार, ओली–पुटिनबीच करिब २५ मिनेट एक्लाएक्लै भेटवार्ता भएको छ ।
‘करिब ४० मिनेट द्विपक्षीय भेटघाट भयो,’ ती अधिकारीले भने, ‘सम्माननीय प्रधानमन्त्री र रुसी राष्ट्रपतिबीच २५ मिनेटजति वान टू वान वार्ता पनि भयो ।’
भेटवार्तामा भएका अन्य विषयहरू भने खुलाइएको छैन ।








