१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

शक्तिशाली नेताहरूसंग प्रधानमन्त्री ओली सम्वाद,सोमबार पुटिनसंग एक्ला -एक्लै वार्ता


१६ भाद्र २०८२, सोमबार  


प्रधानमन्त्री केपी ओलीले रूसी राष्ट्रपति सोमबार साँझ भेटवार्ता गरेका छन् ।

गएको शनिबारबाट चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले सोमबार साँझ तियान्जिन मेइजिङ सम्मेलन केन्द्रमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका हुन् ।

उनीहरूबीचको यो भेटवार्तालाई नेपालमा चासोको रुपमा हेरिएको छ ।

शाङ्घाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिने क्रममा चीनमा पुगेका उनीहरूबीच द्विपक्षीय भेटवार्ता भएको हो ।

नेपाली भ्रमण टोलीमा रहेका एक सरकारी अधिकारीका अनुसार, ओली–पुटिनबीच करिब २५ मिनेट एक्लाएक्लै भेटवार्ता भएको छ ।

‘करिब ४० मिनेट द्विपक्षीय भेटघाट भयो,’ ती अधिकारीले भने, ‘सम्माननीय प्रधानमन्त्री र रुसी राष्ट्रपतिबीच २५ मिनेटजति वान टू वान वार्ता पनि भयो ।’

भेटवार्तामा भएका अन्य विषयहरू भने खुलाइएको छैन ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  १० : १३ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित