२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

घोराही-तुल्सीपुर चारलेन सडक विस्तारको बजेट सुनिश्चित !


१२ मंसिर २०८१, बुधबार  


अर्थमन्त्रालयले दाङको घोराही–तुल्सीपुर चारलेन सडक विस्तारका लागि बजेट सुनिश्चित गरेको छ ।

अर्थ मन्त्रालयले बजेट सुनिश्चित गरेसँगै सडक विस्तारको काम नेपाल सरकारकै लागतमा हुने निश्चित भएको हो । यसअघि भारतीय एक्जिम बैंकको लगानीमा निर्माण हुन थालेको यश सडक लामो समयसम्म अलपत्र पर्दा २२ जना बढीको ज्यान गएको थियोे ।

दलका नेताका लागि प्रतिष्ठा र राजनीति भविष्यको मानक बनेको यश सडक विस्तार हुने भएपछि जनतामा केही भरोसा पलाएको छ। यद्यपि यश अघि भारतीय कम्पनीले सडक अलपत्र पारेपछि तत्कालीन प्रचण्ड सरकारले ठेक्का सम्झौता खारेज गरेको थियोे ।

राजनीति तहमा विशेष पहल भएसंगै अर्थ मन्त्रालयले यही मंसिर ११ मा राष्ट्रिय योजना आयोगलाई पत्र लेखी घोराही९तुलसीपुर सडक खण्ड चार लेन विस्तारका लागि बजेट सुनिश्चित भएको जानकारी गराएको छ ।

मदन भण्डारी राजमार्गअन्तर्गत ३ अर्ब ९९ करोड ४९ लाख रूपैयाँको वहुवर्षीय ठेक्काको स्रोत सहमतिका लागि राष्ट्रिय योजना आयोगले अर्थमन्त्रालयसमक्ष यश पत्र पठाएको थियो ।

अर्थ मन्त्रालयले उल्लेखित बजेटमा आधारित रहेर बहुवर्षीय योजना अन्तर्गत घोराही ९तुलसीपुर सडक खण्ड विस्तारका लागि सहमति प्रदान गरेको हो। अलपत्र पारिएको यश सडकको लम्बाइ करिब २२ किलोमिटर रहेको छ।

पटकपटकको डेलिगेशन र नागरिक दबाबपछि सडक विस्तारमा सरकारको आँखा खुलेको हो। यद्यपि ठेक्कामा फेरि पहिलेकै नियति दोहोरिने सम्भावना भने नकार्न सकिन्न । तर, नेताहरूको प्रतिष्ठाको पनि विषय भएकोले यस विस्तारको काम हुनेमा आशा गर्न सकिने ठाउँ छ ।

यश अघि प्रचण्ड सरकारकी मन्त्री रेखा शर्माले पहल गर्न सकिनन् । बरू ठेक्का सम्भझौता तोडेर सडक टालटुलमा जुटेकी थिईन। पछिल्लो समय एमाले महासचिव शंकर पोखरेलले अधुरो चारलेन सडक विस्तारका लागि अघि सरेका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ५ : १४ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित