कर्णालीमा मुख्य मन्त्री,मन्त्री र कर्मचारीका लागि वार्षिक दुई अर्ब बढी खर्च भएको छ ।
प्रदेश सरकारले आर्थिक वर्ष २०८१र८२ मा आफ्ना पदाधिकारी र कर्मचारीहरूको पारिश्रमिक, भत्ता तथा अन्य सेवासुविधामा २ अर्ब ३ करोड ८३ लाख २८ हजार ५९ रुपैयाँ खर्च गरेको हो । तर प्रदेशको वार्षिक आ म्दानी ५४ करोड मात्रै रहेको छ।
प्रदेश लेखा नियन्त्रकको कार्यालयको विवरण अनुसार पदाधिकारीको पारिश्रमिक र सुविधामा मात्रै ७ करोड ८९ लाखभन्दा बढी खर्च भएको छ ।
कर्णालीमा ८ सदस्यीय मन्त्रिपरिषद् छ । एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री छन् । उनीहरुको पारिश्रमिक र विभिन्न सुविधामा मात्र ७ करोड ८९ लाख ११ हजार २६९ रुपैयाँ खर्च भएको हो । जसमा पदाधिकारीको पारिश्रमिकमा मात्रै ५ करोड २ लाख २५ हजार ८६९ रुपैयाँ खर्च भएको छ ।
तथ्याङ्कले प्रदेश सरकारका उच्च पदस्थ व्यक्तिहरूको व्यक्तिगत आम्दानीमा ठूलो हिस्सा ओगटेको पुष्टि गर्छ । उनीहरुका लागि बैठक भत्तामा ३४ लाख ८६ हजार ९१५ रुपैयाँ खर्च भएको छ । यसैगरी पदाधिकारीको अन्य सुविधा शीर्षकमा २ करोड २७ लाख ६१ हजार ६४० रुपैयाँ र अन्य भत्ता शीर्षकमा २४ लाख ३६ हजार ८४५ रुपैयाँ खर्च भएको छ ।
त्यसैगरी कर्मचारीको पारिश्रमिक र सुविधामा एक अर्ब ६४ करोडभन्दा बढी खर्च तथ्यांक छ। प्राप्त तथ्याङ्क अनुसार प्रदेश सरकारका कर्मचारीहरूको पारिश्रमिक र सुविधामा झन् ठुलो बजेट खर्च भएको छ । कर्मचारीको पारिश्रमिक र सुविधामा १ अर्ब ६४ करोड ९३ लाख ५० हजार ४७२ रुपैयाँ सकिएको छ । त्यसमध्ये कर्मचारीको पारिश्रमिक शीर्षकमा मात्रै १ अर्ब २८ करोड १३ लाख २ हजार २६१ रुपैयाँ सकिएको हो ।
त्यस्तै चारीको स्थानीय भत्तामा ८ करोड ५६ लाख ९२ हजार ८०८ रुपैयाँ ६२ पैसा र महँगी भत्तामा ४ करोड ४४ लाख ५ हजार ५९० रुपैयाँ ९० पैसा खर्च भएको छ । कर्मचारीको बैठक भत्तामा १ करोड ६ लाख ७३ हजार ४३ रुपैयाँ खर्च भएको छ, जुन पदाधिकारीको बैठक भत्ताभन्दा तीन गुणा बढी हो ।
यस्तै कर्मचारी प्रोत्साहन तथा पुरस्कारमा २० करोड ७५ लाख ४ हजार ४२४ रुपैयाँ ३४ पैसा खर्च भएको छ । अन्य भत्ता शीर्षकमा १ करोड १९ लाख ७२ हजार ३४३ रुपैयाँ ८४ पैसा खर्च भएको छ ।
त्यसैगरी पोशाक र खाद्यान्नमा पनि ७ करोडभन्दा बढीको खर्च भएको छ। लेखा नियन्त्रक कार्यालयका अनुसार पोशाक र खाद्यान्न जस्ता आधारभूत आवश्यकताहरूमा पनि प्रदेश सरकारले ठुलो रकम खर्च गरेको हो । ती शीर्षकमा ७ करोड ९४ हजार ४८९ रुपैयाँ खर्च भएको छ, जुन अघिल्लो आर्थिक वर्षको भन्दा बढी हो ।
आर्थिक वर्ष २०८०र८१ मा यस शीर्षकमा ७ करोड ८१ लाख मात्रै खर्च भएको थियो । गएको वर्ष पोसाकमा २ करोड ७७ लाख ७५ हजार ९३३ रुपैयाँ र खाद्यान्नमा ४ करोड २३ लाख १८ हजार ५५६ रुपैयाँ खर्च भएको हो ।
यसैगरी भ्रमण खर्चमा पनि करोड करोड गरिएको छ। सरकारी तथ्यांक अनुसार यश शीर्षकमा ४ करोडभन्दा बढी खर्च गरेको पाइएको छ।
कर्णाली प्रदेशका पदाधिकारी तथा कर्मचारीहरूको भ्रमणमा पनि ठुलो रकम खर्च हुने गरेको छ । आर्थिक वर्ष २०८१र८२ मा भ्रमण खर्च शीर्षकमा ४ करोड ११ लाख १० हजार ३७ रुपैयाँ खर्च भएको हो ।
यसमा सामान्य भ्रमण खर्च ३ करोड ४८ लाख ९४ हजार १३७ रुपैयाँ र विशिष्ट व्यक्ति तथा प्रतिनिधि मण्डलको भ्रमण खर्च ६२ लाख १५ हजार ८९९ रुपैयाँ खर्च भएको छ ।
यसैगरी सवारीसाधन मर्मत र इन्धनमा करिब १५ करोड खर्च भएको छ।यस वर्षमा सवारीसाधनको मर्मत सम्भारमा पनि ठुलो रकम खर्च भएको छ । यो शीर्षकमा १४ करोड ८८ लाख ६१ हजार ७९० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ । २०८०र८१ मा यो शीर्षकमा १४ करोड ५३ लाख खर्च भएको थियो ।
यस्तै ,लेखा नियन्त्रकको कार्यालयका अनुसार सवारीसाधन मर्मत र इन्धनमा प्रदेश सरकारको खर्च १ करोड ४८ लाख ८६ हजार खर्च भएको छ । सवारीसाधन मर्मत खर्च मात्र ६ करोड ६८ लाख ५९ हजार ७३५ रुपैयाँ रहेको छ ।
इन्धन खर्चलाई भने तीन उपशीर्षकमा विभाजन गरिएको छ । पदाधिकारीका लागि ६३ लाख ४९ हजार ६४५ रुपैयाँ, कार्यालय प्रयोजनका लागि ६ करोड ६३ लाख १८ हजार ९०४ रुपैयाँ र अन्य प्रयोजनका लागि ९३ लाख ३३ हजार ५०५ रुपैयाँ खर्च भएको छ ।








