३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

वाणिज्य बैंकले सरकारलाई बुझाए १९ अर्ब कर,नबिल पहिलो,पछ्याउँदै इन्भेष्टमेन्ट र ग्लोबल आइएमई


१३ बैशाख २०८२, शनिबार  


सरकारलाई वाणिज्य बैकहरुले नौ महिनामा १९ अर्ब बढी आयकर बुझाएका छन् ।बैंकहरुले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकहरुले कर बुझाएका हुन् ।

समीक्षा अवधिमा बैंकहरुले १९ अर्ब १५ करोड ५ लाख रुपैयाँ बराबरको आयकर सरकारलाई बुझाएका हुन् । यो गएको आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा ९.९४ प्रतिशत बढी हो । गएको आर्थिक वर्षको यही अवधिमा बैंकहरुले १७ अर्ब ४१ करोड ९१ लाख ३१ हजार रुपैयाँ कर बुझाएका थिए ।

बैंक तथा वित्तीय संस्थाहरुले आम्दानीको ३० प्रतिशत कर तिर्नुपर्ने पर्छ । बैंकहरुले कर पछिको नाफामा १० प्रतिशत कर्मचारी बोनस छुट्याएपछि आउनेमा ३० प्रतिशत आयकर सरकारलाई बुझाउनु पर्ने प्रवाधान छ ।समीक्षा अवधिमा ८ वटा बैंकको आयकर घटेको छ । बाँकी १२ बैंकले भने बढाएका छन् । नबिलसहित ७ बैंकले भने अर्ब माथि कर बुझाएका छन् ।

तेस्रो त्रैमासमा पनि सरकारलाई सर्वाधिक कर बुझाउने पहिलो बैंक नबिल बनेको छ । ९ महिनामा बैंकले २ अर्ब ७ करोड ८९ लाख रुपैयाँ आयकर तिरेको छ । यो गएको आर्थिक वर्षको तुलनामा ५.७२ प्रतिशत धेरै हो ।

दोस्रो धेरै आयकार नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ९५ करोड ८५ लाख रुपैयाँ बुझाएको छ । बैंकले बुझाएको आयकार गएको वर्षको तेस्रो त्रैमासको तुलनामा ३८.८५ प्रतिशत धेरै हो ।

तेस्रो सूचीमा रहेको ग्लोबल आइएमई बैंकले पनि ९ महिनामा १ अर्ब ८१ करोड १० लाख रुपैयाँ कर तिरेको छ । यो गएको वर्षको तुलनाम ४६.७१ प्रतिशत धेरै हो ।

यस्तै, एभरेष्ट बैंकले १ अर्ब ६२ करोड ४७ लाख, प्रभूले १ अर्ब ५८ करोड १८ लाख, नेपाल बैंकले १ अर्ब ५३ करोड १९ लाख र एनएमबि बैंकले १ अर्ब ५ करोड ५९ लाख रुपैयाँ कर तिरेका छन् ।

यता, स्ट्याण्डर्ड चार्टर्डले ९९ करोड ५२ लाख, प्राइमले ९६ करोड ४४ लाख, कृषि विकासले ७५ करोड ५३ लाख, लक्ष्मी सनराइजले ७४ करोड ७३ लाख, सिद्धार्थले ७२ करोड २० लाख, नेपाल एसबिआईले ६० करोड १५ लाख, सानिमाले ५९ करोड ७२ लाख र राष्ट्रिय वाणिज्यले ५१ करोड ६१ लाख रुपैयाँ कर बुझाएका छन् ।

यता, माछापुच्छ्रेले ४७ करोड २५ लाख, कुमारीले ४६ करोड ७५ लाख, सिटिजनले ३८करोड ६७ लाख, हिमालयनले २१ करोड ३२ लाख र एनआइसी एशियाले ६ करोड ७८ लाख रुपैयाँ मात्रै कर तिरेको छ । गत वर्षको तुलनामा यी बैंकहरुको आयकर भने घटेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ९ : १६ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित