१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

तीन दिन विद्यालय बन्द गर्ने सरकारकाे निर्णय


१२ आश्विन २०८१, शनिबार  


सरकारले तीन दिनदे शभरका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ। शनिबार बसेकाे मन्त्रिपरिषद् बैठकले विद्या बन्द गर्ने निर्णय गरेको हाे ।

शिक्षा मन्त्रालयका प्रवक्ता लक्ष्मीप्ररसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा विपद्ममा परेकाहरूकाे लागि उद्दारका लागि विद्यालय तीन दिन बन्द गरिएको हाे।उनका अनुसार भाेलि आईतबारदेेखि मंगलबारसम्म विद्यालय बन्द रहनेछन् ।

कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिँहकाे अध्यक्षतामा बसेकाे बैठकले अविरल वर्षाकाे कारण धनजनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै उद्दार र राहतमा सघाउने सबैलाई आह्वान गरेको छ।

बाढी, पहिरो र डुबानमा परेकाहरूलाई अस्थायी रूपमा व्यवस्थापन गर्न विद्यालयहरू बन्द गर्न स्थानीय तहहरूलाई आग्रह गरेको छ।

त्यस‌गरी सरकारले विश्वविद्यालय लगायतका शैक्षिक संस्थाहरूमा सञ्चालित परीक्षा पनि हाललाई स्थगित गर्न निर्णय गरेको छ।

बिहीबारदेेखि परेको अविरल वर्षाले ६६ जनाकाे मृत्यु भएको छ। ६९ जना बेपत्ता भएका छन् ।सयौं घर डुबानमा परेका छन् । सयाै नागरिककाे बिचल्ली भएको छ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ८ : १८ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित