४ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025

बाढी पहिरो पीडितका लागि ग्लोबल आईएमई बैंकबाट ५ कराेड सहयोग


२० आश्विन २०८१, आइतबार  


निजी बैंकहरूकाे अग्रणी संस्था ग्लाेबल आईएमई बैंक र यससंग आबद्ध कम्पनीहरूले बाढी -पहिरो र डुबानबाट पीडितहरूका लागि एकमुष्ट रूपमा पाँच करोड रूपैयाँ हस्तान्तरण गरेका छन् ।

उनीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत् पीडितहरूको राहत र पुनर्स्थापनाका लागि याे रकम उपलब्ध गराएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग रकमको चेक हस्तान्तरण गरे। यश रकम कोषमा सहयोग भएकोमध्ये अहिलेसम्मकै सबैभन्दा बढी रकम हो ।

आइतबार नेपाल इन्स्योरेन्सका तर्फबाट अध्यक्ष लक्ष्मण पौडेलले ५० लाख, एनएमबी बैंकका अध्यक्ष मनोज गोयलले ५१ लाख र मेटलाइफ इन्स्योरेन्सका उपाध्यक्ष निर्मलकाजी श्रेष्ठले २५ लाख हस्तान्तरण गरेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।

यस रकमसहित आइतबार प्रधानमन्त्री ओलीसमक्ष कोषका लागि हस्तान्तरण भएको रकम १० करोड २६ लाख पुगेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

सहयोग गर्ने सबै संस्थाहरूलाई प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै संकटका समयमा मिलेको साथ अमूल्य हुने बताएका थिए ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ७ : १८ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित