२३ भाद्र २०८३, मंगलबार | Tue Sep 8 2026

गृह सहसचिव भट्टराईले अवैध असुली रकम युवतीको खातामा दाखिल गरेको खुलासा !


१० जेष्ठ २०८२, शुक्रबार  


भिजिट भिसा प्रकरणमा अख्तियारको अनुसन्धानमा रहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तथा गृह सहसचिव तीर्थराज भट्टराईले अवैध असुलीको रकम एक युवतीको बैंक खातामा राख्ने गरेको खुलासा भएको छ।

अध्यागमनका कर्मचारीले दलालसँगको साँठगाँठमा पर्यटन भीसामा विदेश जानेहरुसँग अवैध रुपमा असुली गरिएको एक युवतीको बैंक खातामा दाखिला गरेको खुलासा भएको हो।

गएको बुधबारदेखि अख्तियारको नियन्त्रणमा रहेका भट्टराईले कविता पौडेल नाम गरेकी युवतीको बैंक खातामार्फत घुस रकम कारोबार गर्ने गरेको खुलेको हो।उनी एक कलेजकी कर्मचारी भएको बताएको छ ।

दैनिक ५० लाखसम्म उठाएर बाँडफाँडमा परेको रकम सहसचिव भट्टराईले उनै युवतीको खातामा राख्ने गरेको बताइएको हो। युवतीको मोबाइल जफत गरेर फरेन्सिक ल्याब परीक्षणपछि थप खुलासा हुने अनुमान गरिएको छ।

भरखरै गएको मंगलबार साँझ गृह मन्त्रालयमा बोलाइएका सहसचिव भट्टराई विवाहित कर्मचारी हुन् । यद्यपि उनले ती युवतीसँगको कारोबार गरेको पाइएको छ।

यस प्रकरणमा म्यानपावर र कन्सल्टेन्सीका मामुली एजेन्टदेखि उच्च तहका सरकारी अधिकृत हुँदै गृहमन्त्री रमेश लेखकको सचिवालयसमेत जोडिएको पाइएको छ।

त्यसछि अख्तियारले विज्ञ अनुसन्धान अधिकृतहरुको टोली बनाएर गम्भीर अनुसन्धान गरिरहेको छ । यश टोलीको प्रारम्भिक अनुसन्धानबाट सहसचिव भट्टराई र गृहमन्त्रीको सचिवालयका केही कर्मचारीबीच अस्वाभाविक फोन सम्पर्क भएको खुलिसकेको छ

प्रकाशित मिति : १० जेष्ठ २०८२, शुक्रबार  ९ : १८ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित