२ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025

थाईल्याण्डकाे सत्ता ३७ वर्षीय सिनावात्राकाे काँधमा


३२ श्रावण २०८१, शुक्रबार  


थाइल्यान्डमा पेतोङतार्न सिनावात्रा प्रधानमन्त्री बनेकी छिन् । पूर्वप्रधानमन्त्री तथा अर्बपति व्यवसायी थाक्सिन सिनावात्राकी छोरीसमेत रहेकी पेतोङतार्नलाई शुक्रबार थाई संसद्ले प्रधानमन्त्रीमा चयन गरेकाे हाे।

३७ वर्षीया पेतोङतार्न थाइल्यान्डकी सबैभन्दा कम उमेरकी प्रधानमन्त्रीसमेत बनेकी छिन् । थाई संसद्‍मा भएको मतदानमा उनको पक्षमा ३१९ मत परेको बैंकक पोस्टकाे समाचार भनिएको छ । त्यस्तै उनको विपक्षमा १४५ मत पर्दा २७ सांसद भने अनुपस्थित रहेका थिए।

शुक्रबार बिहान फेउ थाई पार्टीका महासचिव सोरावङ थिएंग्थोंगले शुक्रबार पेतोङतार्नलाई प्रधानमन्त्रीका रूपमा मनोनयन गरेका थिए । पेतोङतार्न थाइल्यान्डकी दोस्रो महिला प्रधानमन्त्रीसमेत हुन् ।

यसअघि उनकी काकी यिङ्‍गलक सिनावात्रा थाइल्यान्डकी प्रधानमन्त्री बनेकी थिइन् । श्रीथा टाविसिनलाई संवैधानिक अदालतले प्रधानमन्त्रीबाट बर्खास्त गरेपछि पेतोङतार्न सिनावात्रा नयाँ प्रधानमन्त्रीका रूपमा चयन भएकी हुन्।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  २ : १९ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित