दशै तिहारकाे चाडपर्वकाे याे बेलामा विद्यालयहरू बन्द छन् । गाउँ शहर तिहारले छपक्क छाेप्दै गएको छ। ठूलो चाड दशै सकिएर हिन्दु नेपालीहरू तिहारलाई पनि धुमधामले मनाउन जन्मघर जानेक्रम जारी छ।
चाडपर्वका कारण देशभरका शैक्षिक संस्था बन्द भएकोले शिक्षक विद्यार्थी पनि वर्ष दिनकाे चाड मनाउन व्यस्त छन। तर, दाङको एउटा सरकारी विद्यालयका शिक्षक र अभिभावक शैक्षिक अभियानमा छन् ।
दशै तिहारकाे लामो बिदामा विद्यार्थीकाे गृहकार्य जाँच गर्न उनीहरू घर- घर पुग्ने गरेका छन् । त्यस्तो एउटा सरकारी विद्यालय हाे, घाेराही उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको माध्यमिक विद्यालय साैडियार। यश विद्यालय बिदाकाे समयमा पनि विद्यार्थीकाे घरमा पुगेर गृहकार्य जाँच गर्ने गरेका हुन्।

मंगलबारका दिन उनीहरू विद्यार्थीकाे गृहकार्य घरमै पुगेर जाँच गरेको विद्यालयका प्राध्यानाध्यापक नन्दबहादुर वली बताउँछन् ।उनी भन्छन् ,” लामो बिदामा विद्यालय बन्द भएको बेलामा पनि विद्यार्थीहरूमा नियमित अध्ययनलाई कायम राख्न अभिभावककाे घरमै पुगेर विद्यार्थीहरूकाे गृहकार्य जाँच गरेको हाै।बिदा हुनु अघि हामीले घर घरमा आ उने भनेका थियौ ,त्यही अनुसार हामी घर घरमा पुग्याै,विद्यार्थीहरू पनि अधिकांश अध्ययनरत भएको पाईयाे,केही विद्यार्थी धान काट्नमा व्यस्त भएको पनि भेटियाे।समग्रमा बिदा अवधिमा घर घरमा पुग्दा राम्रो प्रभाव परेको छ,जसले हामीलाई उत्साहित बनाएकाे छ।”

माध्यमिक साैडियारमा ५४५ विद्यार्थी अध्ययनरत छन् । १२ कक्षासम्म पढाइ हुने यश विद्यालयमा विद्यार्थी राेक्न भन्दै प्रमाणपत्र शुल्क ८ हजार ताेकिएकाे थियोे । विद्यालयकाे आन्तरिक श्राेत निकै र अनुदान पनि नहुँदा शुल्क बढाउन परेको यश अघि विद्यालय व्यवस्थापन समिति अध्यक्ष निशानदाजु भट्टराईले बताएका थिए।यश विद्यालयकाे कक्षा १२ शिक्षा संकाय कार्यक्रम सञ्चालनमा छ। गएकाे शैक्षिक सत्र २०८० मा यश विद्यालयबाट ३० जना विद्यार्थी उत्तीर्ण भएका थिए।शैक्षिक गुणस्तर राम्रो नभएको भन्दै विद्यार्थी बाहिरका विद्यालयमा जान थालेपछि विद्यालय प्रशासनमाथि दबाब परेको हाे।
विगतमा राजनीतिक दुष्प्रभावले विद्यालयकाे शैक्षिक वातावरण खलल भएकोमा पछिल्लो समय सुधार भएको अध्यक्ष भट्टराई बताउँछन् ।अध्यक्ष भट्टराई थप्दै, भन्छन्, “प्राध्यानाध्यापकमा वली आएपछि विद्यालय, विद्यालय जस्तो भएको छ।”
