२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

ज्ञानेन्द्र शाहमाथि सरकारले बढायो निगरानी, राहदानी रद्द गर्ने तयारी


१५ चैत्र २०८१, शनिबार  



तीनकुने हिंसाको विषयमा सरकारले ज्ञानेन्द्र शाहमाथि निगरानी बढाएको छ। उनी विदेश भाग्न सक्ने आशंकामा शाहको राहदानी रद्द गर्ने प्रक्रिया थालिएको छ।

उच्च सरकारी स्रोतका अनुसार शुक्रबारको हिंसात्मक आन्दोलनको निर्देशन उनैबाट भएकोले छानविन थालिएपछि विदेश भाग्ने आशंकामा राहदानी रद्द गर्ने प्रक्रिया अघि बढेको हो ।

स्रोतले हिजोको हत्या,आगजनी र लुटपाटको फिल्ड कमाण्डर दुर्गा प्रसाई भए पनि घटनाको योजनाकार शाह भएको आशंका गरिएको छ। निज शाहले प्रसाईलाई अघिल्लो दिन बोलाएर निर्देशन दिएका थिए।


ज्ञानेन्द्र शाहले भेटेका प्रसाईं थप उत्तेजित भएर भीड भड्काएका थिए। उनको नेतृत्वमा भएको आ तंकमा परी एक पत्रकारसहित दुई जनाको मृत्यु भएको छ,भने दर्जनौं घाइते भएका छन् ।अर्बौको भौतिक क्षति भएको छ।

सरकारमाथि ज्ञानेन्द्रलाई कारवाही गर्न विपक्षी दलहरुबाट पनि दबाब बढिरहेको छ । यस्तोमा उनी अनुसन्धान थालिएपछि विदेश भाग्न सक्ने आशंकामा राहदानी रद्द गर्न लागिएको हो । यो प्रक्रिया अघि बढिसकेको छ, सरकारी अधिकारीहरूले बताएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शनिबार  १२ : २० बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित