३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

प्रभु बैंकले विश्वास गुमाउँदै गएको हो ?


२६ माघ २०८१, शनिबार  



राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त वाणिज्य बैक हो, प्रभु बैंक। १५ बढी बैक तथा वित्तीय संस्थालाई मर्ज गरेको यस बैक ग्लोबल आइएमइपछिको बैकको रुपमा हेरिएको छ। तर, २०७९ पुसमा सेन्चुी बैकलाई मर्ज गरे यता यस बैकभित्र विभिन्न काण्ड बाहिरिने गरेका छन्। गएको दुई वर्षमा बैैकको बैकिङ सुशासन देखि व्यवस्थापकीय अवस्था निकै गिर्दाे छ।

पछिल्लो समय बैकले विश्वास गुमाउँदै गएपछि निेक्षेपकर्ता निक्षेप फिर्ता लिन थालेका छन् भने सेयरधनीहरुको विश्वास गुमाउँदै गएको देखिन्छ । बैंकका अवस्था निकै खराब भएको पाइएको छ। त्यसको बलियो उदाहरण धेरै पटक सीइओ अशोक शेरचनमाथि राष्ट्र बैकले प्रश्न उठाएको छ। बैकभित्रको कुशासनका कारण उनीसहित व्यवस्थापनमाथि प्रश्न उठ्ने गरेको हो ।


सेन्चुरी बैक प्रभुमा मर्ज भएयताको समय अवधिमा बैकभित्रको लफाडा दर्जनौ भएका छन्। सीइओ शेरचनले आफू अनुकूलका कर्मचारीलाई सेप्ने र प्रतिकुलता भएका कर्मचारीलाई खेद्ने गरेको पीडित कर्मचारी दुखेसो सुनाउँछन्। बैकभित्रको बेथिति देखेर वाक्कदिक्क भएका उनी बाहिर बोले कारबाही हुने भन्दै नाम उच्चारण नगर्न आग्रह गर्दछन्।


शेयरधनीहरु समेत बेक संचालकहरुसंग रुष्ट छन्। बैकको गएको केही समय अघि सम्पन्न साधारण सभामा लफडा भएको थियो । सीइओ शेरचनले आफू खुशी गरेको भन्दै साधारण सभामा हात हालाहाला भएको खबर बाहिरिएको थियो । लाखौ जनताको निक्षेप रहेको यस बैकका व्यवस्थापक तथा सञ्चालकहरुको गैरजिम्मेवारीका कारण बैक डुब्ने अवस्थामा पुगेको धेरैका आँकलन छ।


प्रभु बैंक सीइओले बाफिया कानुनको पटक- पटक उलंघन गर्दै आएका छन्, भने राष्ट्र बैकको निर्देशनलाई समेत अटेरी गर्दै आएका छन्, बैकका सीइओ अशोक शेरचन। संचालक समितिलाई प्रभावमा पारेर सीइऔमा दोहोरिने उनको दाउ यस पटक पूरा नहुने देखिएपनि उनले सस्तो लोकपृयताका लागि विज्ञापनका नाममा आफूखृुशी खर्च गरेको खुलासा भएको छ।


यसैगरी बैकभित्रको कमजोरी ढाकछोप गर्न बैकका सीइओ अशोक शेरचनले आफू अनुकूलका व्यक्तिहरुले सञ्चालन गरका सञ्चार माध्यममालाई आफू खुशी विज्ञापन बाँडेको उनी माथि अरोप लागेको छ। आफू अनुकूललाई विञापन लिदएको मात्रै होइन, कमिसन वापत मोटो रकम लिएको पनि चर्चा बाहिर आएको छ। बैंकको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदनमाविज्ञापन शीर्षकमा झण्डै २१ करोड रुपैयाँ रहेको थियो । बैंकले यस आर्थिक वर्षमा विज्ञापन मा२० करोड ७० लाख ४२ हजार ८६७ रुपैयाँ खर्च गरेको पाइएको छ। जुन गएको आर्थिक वर्षमा भन्दा धेरै कम रहेको हो यो । आर्थिक वर्ष २०७९÷८० मा बैंकले २९ करोड १८ लाख १९ हजार ३२१ रुपैयाँ खर्च गरेको थियो । बैकले विज्ञापन शीर्षकमा बजेट घटाएको दाबी गरेपनि यसभित्र कमिसनको गोलचक्कर भएको बैंककै कर्मचारी नाम गोप्ने राख्ने शर्तमा बताउने गरेका छन्।

विज्ञापन खर्च हेर्दा बैंक वित्तीय क्षेत्रमा सबैभन्दा धेरै खर्च गर्ने बैंकरुपमा प्रभु बैंक देखिएको छ । तर, धरातलमा हेर्दा सञ्चार माध्यममा विज्ञापन कम देखिने गरेको पाइएको छ। यस बैकको विज्ञापन रणनीति अरु बैंकको भन्दा उल्टो पाइएको छ । अरु बैंकले कम खर्चमा बैंकको धेरै विज्ञापन गर्ने गरेका छन्। तर, प्रभु बैंकले विज्ञापनमा खर्च धेरै, तर, कम विज्ञापन गर्ने गरेको छ । यसमा प्रभु बैंकका उपल्लो तहका मानिसहरुको स्वार्थ प्रष्ट भएको देखिन्छ ।

यस बैंकका उपल्लो तहका व्यक्तिहरुले विज्ञापनमा ठूलो रकम कमिसन समेत लिँदै आएको चर्चा भइरहेको छ। यद्यपि यस विषयमा उनीहरुले अहिलेसम्म मुख खोलेका छैनन्। सञ्चालकहरुले आफ्ना अनुकुलका सञ्चार माध्यममलाई ५० प्रतिशतसम्मको कमिसनमा विज्ञापन प्रकाशन र प्रशारण गरिरहेको चर्चा भएको हो । बैंकको अनियमित गतिविधिलाई पब्लिक सेयरधनीहरु माझ पुग्दा भन्ने डरले उनीहरुले आफू अनुकूलका व्यक्तिहरुबाट सञ्चािलत सञ्चार माध्ममलाई ५० प्रतिशत कमिसनको चक्करमा दिने गरेको खुलासा भएको हो ।


बैंकको निरन्तर खस्कदो वित्तीय सुशासनकै कारण कर्णाली बैंककै हालतमा पुग्न सक्ने बैंक तथा वित्तीय संस्थाका जानकारहरु बताउँछन्, बेलैमा राष्ट्र बैंकले पहल नलिए त्यो नियती दोहोरिन सक्ने उनीहरुको दाबी छ। यद्यपि बैंक तथा वित्तीय संस्थाहरुको चार वटा संघ संगठनले बैक तथा वित्तीय संस्थाहरुमा कुनै समस्या नभएको भन्दै विज्ञप्ती सार्वजनिक गरेका छन्। बाहिर आएका खबरहरु सत्य तथ्य नभएको दाबी गर्दै आम निक्षेपकर्तालाई ढुक्क हुन आग्रह गरेका छन्।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  ९ : २२ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित