जतिबेला नयाँ संविधानमा धर्म निरेपक्षताको मुद्दा लिपिवद्ध गरियो,त्यतिबेला देखि सनातनमाथि आक्रमण विशेष भएको देखिन्छ ।
धर्म आफैमा व्यक्तिको निजत्वको विषय भएपनि समाज भिडाउन र भाँड्न यस्ता अस्त्र संविधानमै घुसाएर उदेश्य पूरा गरिएको प्रष्ट हुन्छ।
त्यसका लागि अमेरिकासहित पश्चिमाहरूले डलर ओइराएको विषय अब नौलो रहेन। यद्यपि क्रिश्चियन मेशिनरीको प्रयत्न भने आज भन्दा४ सय वर्ष अघि देखि भएको पाईन्छ । धर्मान्तरणका लागि उनीहरूले नेपाललाई उर्वर स्थान भएको ठान्छन् ।बहुभाषिक ,बहुसांस्कृतिक र बहुधार्मिक समाजमा खेल्न पनि सहज हुन्छ । विविधताको छिद्रमा छिरेर उनीहरू आफ्नो उदेश्य पूरा गर्छन् ।
कथित जाति जनजाति र दलितको बाहुल्यता जहाँ छ, त्यहीँ त्यहीँ लगानी धेरै गर्छन् उनीहरू र अहिले पनि गरिरहेका छन् । देशभर चर्च बनाउन उनीहरूको अभियान छ। समाजलाई बाईबलीकरण गर्ने सनातन संस्कृति र सभ्यता नामेट पार्ने उनीहरूको मुख्य उदेश्य हो। भारतको मणिपुर र रूवाण्डा जस्तै बनाउन चाहान्छन् नेपाललाई।
धर्मान्तरणका लागि अमेरिकी अन्तर्राष्ट्रिय सहयोग संस्था युएस एडले करोडौ डलर खर्चिएको विषय यस्ता प्रकरणको एक खण्ड हो। संघीयताको नाममा डलरको दुरुपयोग र फ्रड भएको अमेरिकी राष्ट्रपति ट्म्पले भनी सके। यश संस्थामार्फत विभित्र रेडियो र टेलिसिरियलहरूमा लगानी गरिएको थप प्रष्ट पनि भैसकेको छ।
अमेरिकी संघीय सांसद ब्रायन मास्टले नेपालमा धर्मान्तरणका लागि लाखौं डलर खर्च भएको भनिसके।यस्ता लाखौं डलर प्राप्त गर्ने सौभाग्यमानीहरूको चेहेरा पनि छ्याङ्गै भैसकेको छ। अभिनय गर्नेदेखि लेखन र खबर प्रकाशन गर्नेहरूले डलरका बीटा बुझेको स्वीकार पनि गरि सके।अनुदान लिएर किताब लेखेको हुँ भनेर कृष्ण धारावासीदेखि अमर न्यौपानेहरू बोली सके।मह जोडीले जनचेतना फैलाउने काम गरेको भन्दै बेधर्मको बचाउ पनि गरिरहेका छन् ।
किताब लेख्नु, खबर सम्प्रेषण गर्नु र अभिनय गर्नु त्यो अस्वभाविक होईन। हर नागरिकलाई आफ्नो क्षमता अनुसार सिर्जना गर्न कसैले रोकतोक गर्दैन र गरिन्न पनि। जुन कुरा गर्न संविधानले पनि नैसर्गिक अधिकार दिएको छ। तर,यहाँ बुढी मरि भन्दा पनि काल पल्किएको कुरामा अलि रहस्यमय छ। यो पुँजीवादी दुनियाँ हो। यहाँ लगानी र नाफाको चर्चा गरिन्छ र हुन्छ पनि ।किन कि नाफा पुँजीवादको आत्मा हो। नाफा नभइ लगानी गरिन्न र गर्दैन पनि कसैले । यत्ति कुरा त सामान्य मानिसले सहजै बुझ्छ। तर ,केही समय अघि अमेरिकीकन संघीय सांसद ब्रायन मास्टले धर्मान्तरणका लागि नेपालमा युएस एडमार्फत लगानी भएको खुलासा गरिदिएपछि बेधर्मीहरूको ओठ तालु सुकेको छ।
यसरी धर्मान्तरणको नाममा डलरको बीटो बुझ्ने सीआईएनदेखि एन्टिना फाउन्डेसनका सञ्चालकहरू छन् ।उनीहरूले लाखौं डलर लिएको खुलासा भएको थियोे ।यद्यपि यश अघि यी विषयहरू सामान्य थाहा नभएको भने होईन।तर, अमेरिकी जनताको सहयोग भनेर सबैलाई गुमराहमा राखिएको थियोे ।यसमा आफूलाई अब्बल लेखक भन्नेदेखि मह जोडी , गैरसरकारी संस्थाका सञ्चालक र केही स्वघोषित बरिस्ठ पत्रकारहरूको तीन पुस्ते खुलासा भएको थियोे ।
सामान्य नुनतेल जोहो गर्न नसक्नेहरूको विशेषगरी लोकतन्त्र स्थापनापछि अभूतपूर्व जीवन बदलियो ।कटेरो नभएकाहरूको काठमाडौमा महल भए । पश्चिमा एजेन्डालाई नेपाली समाजमा स्थापित गर्न एनजीओ ,सामुदायिक रेडियो ,सेलिब्रेटी,लेखक र पत्रकार अनि कथित नागरिक समाजलाई उपयोग गरियो।यस्ता कथितहरूको निजी जीवन बन्यो , पश्चिमा उदेश्य पूरा भयो।तर,हाम्रो समाजमा द्वैष , घृणा र द्वन्द्व जारी छ।
कथित जात र धर्मका नाममा समाज खण्डित छ । जनताको आवाज ,भावना र जनचेतना भन्दै सनातन सभ्यता र संस्कृति विरू्द्ध कथा बुनियो। भाषा,साहित्य र संस्कृतिमा दक्खल पार्न सके उदेश्य पूरा हुने बुझेका पश्चिमाले कृषि ,शिक्षा ,स्वास्थ्य र सरसफाइका नाममा लगानी गरे। उनीहरूको वास्तविक लगानी कति छ ?त्यसको जवाफ कसैसँग छैन।
सोमबारको प्रतिनिधि सभा बैठकमा स्वतन्त्र सांसद डाक्टर अमरेश कुमार सिँहले नेपालमा धर्मान्तरणको नाममा भएको लगानीको प्रश्न उठाए। पछिल्ला सार्वजनिक खबर अनुसार धर्मका नाममा २६ वर्ष यता तीन खर्ब खर्च भएको अनुमान छ। गएको तीन वर्षमा पनि ३७ अर्ब हाराहारीमा यस्तै यस्तै शीर्षकमा खर्च भएको चर्चा भएको थियोे ।
आधुनिक शिक्षाका नाममा अंग्रेजीकरणले भाषा र साहित्य मासिदै गएको छ। नयाँ पुस्ताले बा -आमाको अर्थ थाहा नपाउने भएको छ। नेपाली भाषा आफैमा जोखिममा परेको भाषा आयोगको अध्यक्ष डाक्टर गोपाल ठाकुर बताउँछन् । नेपाली भाषाको अवस्था यस्तो छ, भने अन्य भाषाको अवस्था कस्तो होला भन्दै उनी प्रतिप्रश्न गर्छन् ।उनी भन्छन् ,”भाषा मासिए संस्कृति र।सभ्यता मासिन्छ, यी सबै नासिए जिउँदो समाजको अन्त्य हुन्छ।”
पक्कै पनि भाषा संस्कृतिमाथि पश्चिमी अतिक्रमण छ। त्यही उदेश्यका साथ ठूलो लगानी छ।यद्यपि नेपालमा एनजीओ र आईएनजीओ मार्फत कति लगानी भएको छ,यसको गम्भीर खोजी भएकै छैन।तथापि गृहमन्त्रालयले विवरण पठाउन सीडीओहरूलाई उर्दी जारी गरेको छ। समाजकल्याण परिषद्का मानिसलाई प्रभावमा पार्ने त्यहाँबाट स्वीकृत गराएर जथाभावी खर्च गरिएका उदाहरण धेरै छन् ।
गैरसरकारी संस्थाका संचालकहरूको सम्पत्ति छानबिन गरेपनि धेरै कुरा खुलासा हुन सक्छ। उनीहरूले आफूलाई कथित नागरिक समाज भन्न रूचाउँछन् ।समाजलाई लडाउने र भाँड्नमा सिपालु उनीहरू राज्यलाई अधिकार र सुशासनको ट्युसन पढाउँछन् ।सामाजिक द्धैष र घृणा फैलाउन जातीय मुद्दालाई निकै उछाल्छन्।श्रम र सीपको विकास होईन, समाज भडुँवा बनाउँछन् । नीति कानुनमा हाम्रो सामाजिक मूल्यमान्यता विरूद्धका शब्दावली घुसाउन विभिन्न माध्यम अप्नाउँछन्।
समाजमा दबाब सिर्जना गर्न मह जोडीदेखि रेडियो र लेखक पत्रकारको उपयोग गर्दछन्। त्यस्ता मानिसहरू उनीहरूले तयार पारेका हुन्छन् ,जसले एजेन्डालाई स्थापित गरिदेओस्। त्यही उदेश्य पूरा गर्नका नेपाली खेतालाहरू उपयोग गरिए ।जब प्रयोजन सकियो,तब सबैका अन्नदाताले यीनीहरूको तीनपुस्ते खुलासा गरे।