३० बैशाख २०८३, बुधबार | Wed May 13 2026

खानेपानी उपभोक्ता संस्थामाथिको कर र विद्युत महशुल हटाइयोस् : अध्यक्ष ओली


३० बैशाख २०८३, बुधबार  


राष्ट्रिय साना सहरी खानेपानी महासंघका अध्यक्ष खेमराज ओलीले वर्तमान सरकारले आम नागरिकको मौलिक अधिकारका रूपमा रहेको खानेपानीजस्तो विषयमा गम्भीर बन्न आग्रह गरेका छन् ।

खानेपानी उपभोक्ता जस्तो विशुद्ध मानवीय सेवामूलक संस्थामा आयकर मिनाहा, विद्युत महसुलमा छुट तथा ब्याजदर कम गरिनुपर्ने आग्रह गरेका हुन।

उनले खानेपानी उपभोक्ता संस्थाहरूका लागि साधारण सभा आर्थिक पारदर्शिताको आधार भएको बताउँदै स्वच्छ खानेपानी उपलब्ध गराउनु र उपभोक्ताको हित संरक्षण गर्नु सबैको दायित्व भएको पनि बताएका छन् ।

मंगलबार पाल्पाको रामपुर साना सहरी खानेपानी उपभोक्ता संस्थाको नवौ साधारणसभा कार्यक्रममा यस्तो बताएका हुन्।

रामपुर सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था पाल्पाका अध्यक्ष कमल राज भट्टराई को अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि समेत राष्ट्रिय साना सहरी खानेपानी महासंघका अध्यक्ष खेमराज ओलीले जनताको शुद्ध पिउने पानीको अधिकारको विषयमा निरन्तर वकालत गर्दै आएका छन् ।

कार्यक्रममा वडा अध्यक्ष विशिष्ट अतिथिका रूपमा उपस्थित थिए । संस्थाका सचिव नीलकण्ठ पोखरेलले कार्यक्रम सञ्चालन गरका थिए, भने आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष भोजराज भट्टराईले प्रस्तुत गरे। त्यसैगरी स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष विष्णुमाया ढकाल ले राखेकी थिइन्।

विशिष्ट अतिथिले स्थानीय सरकार र उपभोक्ता संस्थाबीच समन्वय गर्दै अगाडि बढ्नुपर्ने धारणा राखेका थिए।कार्यक्रममा सभाध्यक्ष कमल राज भट्टराईले संस्थाको हालसम्मको अवस्था र आगामी योजनाबारे जानकारी गराए।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ६ : ३७ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित