नेपालको होटल तथा हस्पिटालिटी क्षेत्रमा गुणस्तरी पर्यटकीय सेवा भिलेज हाइल्याण्ड रिसोर्ट प्रतिष्ठित दक्षिण एसियाली ट्राभल अवार्ड्स साटा (SATA)२०२६ का लागि मनोनयनमा परेको छ ।
दक्षिण एसियाली पर्यटन तथा होटल उद्योगमा महत्वपूर्ण मानिने साटा(SATA) अवार्डले हरेक वर्ष उत्कृष्ट होटल, रिसोर्ट, ट्राभल कम्पनी तथा पर्यटनका अन्य व्यवसायलाई सम्मान गर्ने गर्दछ । यस वर्ष भिलेज हाईल्याण्ड रिसोर्ट मनोनयनमा परेसँगै नेपाली पर्यटन क्षेत्रका लागि समेत यो महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

प्राकृतिक वातावरण, शान्त तथा पारिवारिक बसाइ, पर्यटकमैत्री संरचना तथा उत्कृष्ट आतिथ्य सेवाका कारण रिसोर्ट आन्तरिक तथा बाह्य पर्यटकहरका लागि आकर्षक रिसोर्ट बनेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ र काभ्रेको पनौती नगरपालिका–१ को संगमस्थल रानीकोट क्षेत्रमा अवस्थित यस रिसोर्टबाट काठमाडौं उपत्यकासहित लाङटाङ, मनासलु गौरीशंकर लगायतका हिमशृंखलाको मनोरम दृश्य अवलोकन गर्न पनि सकिन्छ ।

अत्यन्तै मनोरम स्थल यस रिसोर्टको परिसरमा हाइकिङ, नेचर वाक, बर्ड वाचिङ तथा गाउँ पर्यटनको गज्जबको अनुभव लिन सकिने पर्यटकहरुले अनुभव सुनाउँछन् । यसको साथै ऐतिहासिक रानीकोट किल्लासहित आसपासका धार्मिक तथा प्राकृतिक स्थलहरूको अवलोकन भ्रमणसमेत गर्न पनि सकिने भएकोले भिलेज हाइल्याण्ड सबैको रोजाइमा परेको उनीहरु बताउँछन् ।
रिसोर्टमा आधुनिक सुविधासहित आरामदायी आवास, स्थानीय तथा अन्तर्राष्ट्रिय परिकार तथा पारिवारिक वातावरण उपलब्ध रहेको व्यवस्थापनले जनाएको छ । रिसोर्टले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत साटा २०२६ को मनोनयनबारे जानकारी दिँदै समर्थक तथा शुभेच्छुकहरूलाई अनलाइन भोट गर्न पनि आग्रह गरेको छ ।

दक्षिण एसियाली ट्राभल अवार्ड्स साटा (SATA)सन् २०१६ देखि सञ्चालन हुँदै आएको यो अन्तर्राष्ट्रियरुतको अवार्ड कार्यक्रम हो । यसमा नेपाल, भारत, श्रीलंका, माल्दिभ्स, भुटान तथा बंगलादेश लगायत दक्षिण एसियाली मुलुकका पर्यटन व्यवसायबीच प्रतिस्पर्धा हुने गर्दछ ।पर्यटन व्यवसायीहरूले अन्तर्राष्ट्रिय स्तरमा नेपाली होटल तथा रिसोर्टहरूको उपस्थिति बढ्दै जानुले नेपालको पर्यटनको ब्राण्डिङ गर्न योगदान पुग्ने बताउँछन् ।








