प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाएका छन्। सोहि प्रयोजनका लागि संवैधानिक परिषद्को बैठक आह्वान गरिएको छ।
संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री शाहको निर्देशनअनुसार परिषद् सचिवालयले बिहीबारका लागि बैठक बोलाएको हो।
संवैधानिक परिषद्को सचिवालयले बुधबार जारी गरेको पत्रअनुसार बैठक २०८३ वैशाख २४ गते बिहीबार अपराह्न ५स्०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने छ। बैठकको मुख्य कार्यसूची ‘प्रधानन्यायाधीशको नियुक्ति सिफारिस’ रहेको छ।
संवैधानिक परिषदमा विशिष्ट ब्यक्तिहरु सदस्य रहने प्रावधान छ। जसअनुसार सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारी रहने छन्।
प्रधानन्यायाधिश पनि संवैधानिक परिषदको सदस्य रहेपनि प्रधानन्यायाधिश नियुक्तिको एजेन्डामा उनको स्थानमा कानुन मन्त्रीलाइ सहभागिता गराउने गरिन्छ। जसअनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम प्रधान न्यायाधिशको स्थानमा प्रतिनिधित्व गर्ने छन्। सबै सदस्यलाई आमन्त्रण गरिएको जनाइएको छ।








