३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

आइएमई ग्रुप निराशाको बीचमा आशाको दीयो : उद्योग मन्त्री भण्डारी


१२ असार २०८२, बिहिबार  



उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निराशाको बीच आशाको दियो बाल्ने काम आईएमई ग्रुपले गरेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।

मन्त्री भण्डारीले निराशाको बीचमा पनि नेपाल बन्दैछ भन्ने हिसाबले सकारात्मक सन्देश दिएको बताए । उनले उद्यमशीलताको माध्यमबाट मात्रै रोजगारी सिर्जना गर्न सकिने उल्लेख गर्दै उद्यमशीलता गर्न कठिन रहेको औंल्याए । उनले भने, ‘उद्यमशीलता गर्न कठिन छ, किनभने विश्व बजारसँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।’

उद्यमशीलतालाई सहज बनाउन व्यवसायी उद्योगीले नीतिगत सहजताको अपेक्षा गर्दै आइरहेको जानकारी दिँदै उनले त्यसको लागि आफू लागिरहेको बताए । सरकारले कुल बजेटको ०।५ प्रतिशत मात्रै बजेट उद्योग मन्त्रालयलाई छुट्याएको छ ।

एभरेस्ट फाइवर सिमेन्ट बोर्ड प्रालिले उत्पादन गरेका वस्तु विश्व बजारमा पुर्याउन सरकारले सहयोग र सहजीकरण गर्ने मन्त्री भण्डारीले प्रतिबद्धता जनाए । त्यस्तै उनले नेपाली वस्तु निर्यातमा देखिएको समस्यालाई सरकारले सोच्नुपर्ने औंल्याए ।

कार्यक्रममा मन्त्री भण्डारीले सरकालाई गिज्याउने रुग्ण रहेका उद्योग निजी क्षेत्रलाई चलाउन दिने गरि अन्तिम तयारीमा रहेको पनि बताए । उनका अनुसार अबको एक वर्षभित्र निजी क्षेत्रलाई दिने तयारी भइरहेको छ ।

प्रकाशित मिति : १२ असार २०८२, बिहिबार  ६ : २४ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित