२५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026

रवि र धनराजलाई पक्राउ गर्दै प्रहरी


६ आश्विन २०८१, आइतबार  


सरकारले सहकारीको रकम अपचलनमा संलग्नहरुलाई पक्राउ गर्न प्रहरी परिचालन गरेको छ। संसदीय छानबिन समितिको निर्देशन सरकारले कार्यान्वयन गर्ने निर्णय गरेसँगै प्रहरी अनुसन्धानमा ल्याउनु भनेका ५५ जनालाई पक्राउ गर्ने तयारी गरेको हो।

सहकारी ठगीमा संलग्न गोरखा मिडिया नेटवर्क सञ्चालक एवं पूर्व डिआइी छवि जोशीलाई प्रहरी केहीबेर अघि पक्राउ गरेको छ।

त्यस्तै गोरखा मिडिया नेटवर्ककै पूर्व सञ्चालक एवं रास्वाप सभापति रवि लामिछाने र कांग्रेस उपसभापति धनराजध गुरुङलाई समेत आइतबार नै पक्राउ गर्ने तयारी गरिएको स्रोतले बतायो। उनीहरुलाई पक्राउ गर्न प्रहरी प्ररिचालन गरिएको छ। लामिछाने  पूर्वगृहमन्त्री समेत हुन्।

असोज २ गतेको मन्त्रिपरिषदको निर्णयअनुसार सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले आइतबार नै प्रहरी मुख्यालय पुगेर निर्देशन दिएका थिए। आइजिपी वसन्तबहादुर कुँवरलाई लेखकले ‘जो जुन अवस्थामा भेटिन्छ त्यहीँ अवस्थामा पक्राउ गर्नु’ भन्ने कडा निर्देशन दिएका छन्। निर्देशन पाए लगत्तै प्रहरी परिचालन गरिएको हो।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ६ : २५ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित