२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

आयाेग जुट्याेे,निर्वाचन तयारीमा


३० श्रावण २०८१, बुधबार  


निर्वाचन आयाेगले उमेर पुगेका नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गराउन आह्वान गरेको छ।आगामी मंसिरमा स्थानीय तहकाे उपनिर्वाचन गर्ने गरी आयाेगले यस्तो आह्वान गरेको हाे।स्थानीय तहमा रिक्त रहेका पदहरूमा उपनिर्वाचन गराउन गरि निर्वाचन आयोगले गृहकार्य थालेकाे हाे ।

आयोगले उपनिर्वाचनलाई लक्ष्य गरेर उमेर पुगेका नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गराउन मंगलबार सार्वजनिक आह्वान गरेको छ । 
विभिन्न स्थानीय तहमा ३४ पद रिक्त छन् । आयाेगका अनुसार काठमाडौंको कीर्तिपुर नगरपालिकामा प्रमुख, मोरङको ग्रामथान गाउँपालिका र दैलेख महाबु गाउँपालिकामा अध्यक्ष पद रिक्त छ । जाजरकोटको नलगाढ नगरपालिकामा उपप्रमुख तथा दोलखाको गौरीशंकर गाउँपालिका र बाजुरा स्वमीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पद रिक्त छ ।

यस्तै २८ वडाध्यक्ष उपनिर्वाचनबाट चयन गर्नुपर्नेछ । रिक्त ती सबै पदका लागि उपनिर्वाचन गराउनुपर्ने विषयमा आयोगका पदाधिकारीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षण गराएका थिए । आयोगका अनुसार आगामी मसिंरमा उपनिर्वाचन गराउने गरी प्रधानमन्त्रीसँग छलफल भएको बताईएकाेछ ।

दुई वर्ष अगाडि २०७९ वैशाख ३० मा स्थानीय तहको निर्वाचन भएको थियो । विभिन्न कारणले रिक्त हुन पुगेका पदको पदावधि एक वर्षभन्दा बढी बाँकी रहेको अवस्थामा उपनिर्वाचन गर्नुपर्ने व्यवस्था स्थानीय तह निर्वाचन ऐन २०७३ मा व्यवस्था छ ।

निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावलीमा नाम लेखाउन मिल्दैन । त्यसैले आयोगले त्यसपूर्व नै नामावली दर्ताका लागि आग्रह गरेको हो । आयोगका अनुसार जिल्ला निर्वाचन कार्यालयमा अनलाइन फारम भरी नियमित तरिकाबाटै नाम दर्ता गराउन सकिनेछ ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  १ : २८ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित