२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025

कालिकोट सडक दुर्घटना,१० जनाकाे मृत्यु १० घाइते


२५ कार्तिक २०८१, आइतबार  


कालिकाेट सडक दुर्घटना १०जनाकाे मृत्यु १० घाइते
कालीकोटको पलाता गाउँपालिका-३ स्थित राडुकाप्रे खोलाको बिचमा बोलेरो गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।

गाडीमा सवार २० जनामध्ये १० जनाको घटनास्थलमै मृत्यु भएको कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार बाँकी १० जना घाइते छन् ।

उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ जान लागेको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ४ : २८ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित