१ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026

प्राधिकरणले लाईन काट्न थालेपछि लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टले बुझाए बक्यौता


८ चैत्र २०८१, शनिबार  


सरकारकै संरक्षणका कारण विद्युत बक्यौता नतिरेका उद्योगहरू पुनः बक्यौता तिर्न थालेका छन् ।

सर्वोच्चको आदेशपछि प्राधिकरणले पुनः लाईन काट्न थालेपछि उनीहरूले बक्यौता बुझाउन थालेका हुन्।

कुलमान हटाएर प्राधिकरणमा आफू खेल्ने र बक्यौता मिनाहा गर्न जोरजुलम गर्दै आएका उर्जामन्त्री लगभग असफल भए पछि उनीहरू अब बक्यौता तिर्ने अवस्थामा पुगेका हुन्।
पछिल्लो सुनवलमा रहेको लक्ष्मी स्टिलले डेडिकेटेड र ट्रंकलाइनको विद्युत् खपतको विद्युतब क्यौता महसुल तिरेको छ । 

लक्ष्मीले २३ करोड ७९ लाख रुपैयाँ बक्यौतामध्ये लक्ष्मी स्टिललेगएको शुक्रबार पहिलो किस्ताको ८४ लाख ९८ हजार रुपैयाँ बुझाएको हो। नेपाल विद्युत् प्राधिकरण, परासी वितरण केन्द्र प्रमुख सुरज रेग्मीका अनुसार लक्ष्मी किस्ता बुझाएको हो। जानकारी उद्योगले २८ किस्तामा बक्यौता तिर्ने भएको रेग्मीले बताएका छन् ।

त्यस्तै, सुनवलमै रहेको सर्वोत्तम सिमेन्टले पनि बक्यौताको दोस्रो किस्ता बुझाएको छ । २८ किस्तामा बक्यौता तिर्ने प्रतिबद्धता गरेको उद्योगले शुक्रबार दोस्रो किस्ताको ३७ लाख ६३ हजार रुपैयाँ बुझाएको हो । सर्वोत्तम सिमेन्टको विद्युत् बक्यौता ११ करोड ९६ लाख रुपैयाँ रहेको प्राधिकरणले बताएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शनिबार  ६ : २८ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित