१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

२३ लाखमा सरकारी अस्पतालका ५०० उपकरण आविस्कार केन्द्रबाट मर्मत , सरकारको २४ करोड बचत


२० फाल्गुन २०८१, मंगलबार  


राष्ट्रिय आविष्कार केन्द्रले संघीय अस्पतालहरूमा बिग्रिएर थन्किएका ५०० उपकरणको मर्मत गरेका छ । १७ वटै संघीय अस्पतालका बिग्रिएको उपकरणहरूको राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गरेको हो।

स्वास्थ्य तथा जनस‌ख्या मन्त्री पौडेलले गएको भदौ १८ गते १७ वटै संघीय अस्पतालका उपकरणको अध्ययन र मर्मत गर्न केन्द्रका प्रमुख महावीर पुनसँग सम्झौता गरेका थिए ।

सम्झौतापछि हालसम्म १० वटा संघीय अस्पतालमा ५०० उपकरणको मर्मत गरिएको छ।६सय ६१ वटा उपकरणको मूल्यांकन गरिएकोमा ५सय को मर्मत सम्पन्न भएको केन्द्रका इञ्जिनियर उमेश किराँतीले बताएका छन् ।उनका अनुसार केन्द्रले २३ लाख २० हजार रुपैयाँमा ती सामग्री मर्मत सम्पन्न गरेको हो।


बजार मूल्य २४ करोड ३० लाख लाग्ने उपकरण मर्मत गरिएकोमा खर्च २३ लाख २० हजार मात्र भएको छ। केन्द्रले मर्मत गर्दा २४ करोड बढी सरकारी बचत भएको हो ।

केन्द्रका प्रमुख महावीर पुनले हालसम्म ५०० उपकरण मर्मत भएको भन्दै यो सक्रियताका लागि स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई धन्यवाद दिएका छन् । सामाजिक सञ्जालमा पुनले लेखेका छन्, स्वास्थ्य मन्त्रीज्युको सक्रियतामा १७ वटा संघीय अस्पतालका उपकरण मर्मत सम्भार गरी दिने सम्झौता गरेको थियो ।


लाखौं पर्छ भनेर अस्पतालले उपकरण थन्क्यायो, आविष्कार केन्द्रले थोरै खर्च बनायोसोही सम्झौताअनुरुप अहिलेसम्म ५०० जति उपकरण मर्मत गरेको र करोडौं रुपैयाँ बचत भएको हो।

उता,स्वास्थ्य मन्त्री पौडेलले केन्द्रलाई धन्यवाद दिँदै सहकार्य जारी रहने बताएका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ९ : ३० बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित