१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

प्रधानमन्त्री ओली भन्छन्,’संसदलाई सामाजिक सञ्जालको कन्टेन्ट उत्पादन गर्ने प्लेटफर्म नबनाऔं’


२९ श्रावण २०८२, बुधबार  


प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा सदनलाई सामाजिक सञ्जालको कन्टेन्ट उत्पादन गर्ने प्लेटफर्म बनाउन खोजिएको बताएका छन्।

बुधबारको प्रतिनिधिसभम बैठकलाई सम्बोधन गर्दै उनले सदनले देश र जनताको हितमा काम गर्नुपर्ने बताएका हुन्।

उनका अनुसार, “देश र जनताको हितमा रहेर काम गर्नुपर्ने सम्मानित सदनलाई झुटा कथा सिर्जना गरेर कन्फ्युजन पैदा गर्ने र सोसल मिडियाका लागि कन्टेट उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भएको छ।”

उनले थपे कि केही सांसदहरू समाजलाई उत्तेजित गर्न जानेर वा नियत राखेर बोल्ने गरेको अवस्थामा छन्।

प्रकाशित मिति : २९ श्रावण २०८२, बुधबार  २ : ३१ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित