२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

दाङ- देउखुरीमा पुराना दलका हेविवेट उम्मेदवारकै हरिविजोग,निर्मलदेखि शंकर डेन्जर जोनमा !


१२ माघ २०८२, आइतबार  


दाङ देउखुरीमा मुख्य दलका उम्मेदवार र तिनका कार्यकर्ताको गतिविधि त भइरहेका छन् । तर, भित्री मनले कसैले त्यस्तो जाँगर देखाएको पाइन्न ।फागुन २१ को निर्वाचन नजिकएपनि मतदातासंग मनैदेखि नजिकिएर निर्वाचन जितिन्छ भन्नेमा कोही पनि ढुक्क देखिन्नन्। यद्यपि सास हुँदासम्म आश हुन्छ भने झै उम्मेदवार र तिनका कार्यकर्ता निर्वाचन जितिनेमा भरोसा नभए पनि आश भने गरेको देखिन्छ । आफ्नै दल र गुटद्वारा परिचालित पत्रकारका कृत्रिम तथ्य र तथ्यांकई भरोसा भन्दै उम्मेदवारहरू जितको कृत्रिम दाबी भने गर्दछन् ।

मतदाताको ती दलका उम्मेदवारमाथि चर्को आक्रोश छ, भने रूझान नयाँ दल रास्वपाप्रति ज्यादा भएको पाइन्छ । उनीहरूमाथि अहंकारवाद, परिवारवाद र द्रव्यवादका बादशाहको आरोप भएको पाईन्छ मुख्य दलका उम्मेदवारमाथि ।गएको एकहप्तामा मतदातासंग गरिएको अनौपचारिक साक्षातमा पाईएको तथ्यले शंकरदेखि निर्मलसम्म डेन्जर जोनमा देखिन्छन् । मतदाताको यो रूष्टतालाई बासी र कृत्रिम नाराले बदल्न गाह्रो देखिन्छ । उही पुरानै शैली र विवेकले हावा खाएमा आश्चार्य हुनेछैन । किनकि मतदातामा पाइएको सिधा जवाफ हो,पुरानाले भ्रष्टाचार गरे र जेनजी मारे। अधिकांश मतदाताको मुखबाट फुत्त आउने प्रतिक्रियाको वाक्य यही हो। यति मात्रै होइन, हेविवेट भनिएका ,भावी अर्थमन्त्री भनेर प्रचार गरिएका उम्मेदवार शंकर पोखरेलको नामै सुन्न नचाहने पनि अधिक पाइएका छन् । झापामा गरिएको ज्याद्रोले समेत दाङमा हेविवेटको मार्कट डाउन भइरहेको उनीहरूले प्रतिक्रियाबाटै प्रष्टै झल्किन्छ ।

विगतमा स्थापित भएका दल र तिनले अघि सारेका उम्मेदवारहरूको यो तहको कन्तविजोग र हविगत सायदै होला । गएको १० वर्ष यता उनीहरूको सबैभन्दा खस्किएको सोसियल भ्यालुको मार्केट डाउन यो पहिलो हुन सक्छ । हुन त बुढापाका कर्म अनुसारको फल पाइन्छ भन्छन्। सायद त्यही पनि हुन सक्छ । उनीहरूको हालत कन्तविजोग यसरी हुनुमा पनि । नैतिक रूपले च्यूत र राजनीतिक रूपले स्खलित भएकै कारण मतदाताको अघि उनीहरूलाई शीर ठाडो पारेर मत माग्ने स्थिति नदेखिएको हो । यसपटकको निर्वाचनमा
नरसंहार र भ्रष्टाचारका मुद्दा नै उनीहरूका लागि निकै महंगो बन्ने देखिन्छ । जेनजीको रगतले लत्पतिएको चेहरा र भ्रष्टाचारले गन्हाएको शरीर लिएर मतदाता अघि उभिन निकै उकुसमुकुस भएको हुनुपर्छ
यस्तो कन्तविजोग बेहोरिरहेका दल एमाले कांग्रेस र नेकपाका उम्मेदवारले । उनीहरूप्रति मतदातामा यति धेरै आक्रोश छकी झोले कार्यकर्तालाई गाउँ र टोलमा उभिन पनि गाह्रो देखिन्छ । मतदाता नयाँ नयाँ भनिरहेका छन् । मुख्य दलका उम्मेदवार उही पुराना र बासी नारा दोहोर्याइरहेका छन् । मतदातासंग नयाँ दल नै किन भनी प्रश्न गर्दा उनीहरूको सिधा जवाफ आउँछ, पुरानाले जेनजी मारे र भ्रष्टाचार गरे। यो भाष्य गाउँ टोल र घर घरमा बेस्सरी स्थापित भएको पाइएको छ ।
यही यथार्थतासंग जुधिरहेका छन् ,एमाले ,कांग्रेस र नेकपाका उम्मेदवार । उनीहरूमा हिम्मत , आँट र विश्वास पनि भएको पाइन्न भने,कार्यकर्तामा जोश र जाँगर पनि उस्तो देखिन्न। निर्वाचन जस्तो राष्ट्रिय उत्सवमा पनि मुख्य दलका उम्मेदवार र कार्यकर्तामा यो तहको जाँगरहिनताको अनुभव सम्भवतः पहिलोपटक हुन सक्छ। दाङको स्थलगत अध्ययन ,भेटघाट ,सम्वादमा पाइएका र भेटिएका उम्मेदवार , तिनका कार्यकर्ता अनि मतदाताको क्रिया प्रतिक्रिया र विचारलाई तथ्यको कसीमा राखेर हेर्दा दलका उम्मेदवार र कार्यकर्तामा नैतिक तागत पटक्कै छैन। मुख्य दलका उम्मेदवारमा भय र त्रास ज्यादा छ। मतदातामा चरम आक्रोश र वितृष्णा छ । विशेषगरी मुख्य दल कांग्रेस ,एमाले र नेकपाका उम्मेदवारहरूका लागि यसपटकको निर्वाचन ग्रहदशा बन्ने जस्तो देखिन्छ । उनीहरूमा न आत्मविश्वास छ, न त कुनै ठोस योजना छ। दाङ बनाउने कुनै योजना छैन । मतदाता अघि उभिएर झापा ५ का उम्मेदवार बालेन्द्र साहलाई गाली गर्छन् ।मानौ यो दाङको विकास नहुनुमा उनै बालेन्द्र दोषी छन् । यो तहको झुठ र प्रोपोगाण्डामै लाज छोपिरहेका छन् । आफ्नै चेहराभरी कुशासन र भ्रष्टाचारको कचेरा छ।तर, उनीहरू ऐनालाई दोष दिएर यसपटक पनि मतदातालाई झुक्याउने दाउँमा छन् । २०७९ मा एमालेले क्षेत्र नम्बर २ मा २३ हजार ,कांग्रेसले १९ हजार , रास्वपाले १३ हजार माओ वादीले १० हजार ५ सय मत पाएका थिए।।तर यसपटक फरक अवस्था छ। मतदाता यश पटक ती उम्मेदवार भन्दा तीन कदम अघि भएको पाइन्छ ।

दाङ २ बाट उम्मेदवार बनेका विपीन आचार्य रास्वपा सहमहामन्त्री हुन् भने दाङ क्षेत्र नम्बर १का योगेन्द्र चोधरी कांग्रेस सहमहामन्त्री हुन्। निर्वाचन जितेमा शक्तिशाली मन्त्री हुने सम्भावना बोकेका यी दुई नेता सुरक्षित जोनमा देखिन्छन् ।मतदाताको रूझान यी उम्मेदवारप्रति बढी भएको पाइएको छ। यद्यपि तीनमा पनि एमालेका घनश्याम पाण्डे बढी लोकपृय देखिन्छन् ।

सूचना प्रविधिले नेताका हरेक कर्तुतको जानकारी मतदाता लिएर बसेका छन् । उम्मेदवार बासी कुरा लिएर मतदाता कहाँ पुग्न खोजेका छन् ।यही बेमेल र विसंगतिको कुहिरोमा हराइरहेका उम्मेदवारले दाङमा विकासको उज्यालो फेरि उधारोमा बेच्न खोेजेका छन् । तर, यसपटक उनीहरूको उधारो विकासको बजार लगभग शून्य हुने देखिन्छ ।भदौ २३ को नरसंहारदेखि ३६ वर्ष लामो भ्रष्टाचारको डिजिटल फाइल लिएर बसेका छन् मतदाता ।
हेविवेट भनिएका एमालेका शंकर पोखरेल होउन्,नेकपाका निर्मल आचार्य या कांग्रेसका किरण किशोर घिमिरेमा जितको कृत्रिम दाबी बाहेक अरू त्यस्तो दम देखिन्न। २०७० देखि २०७९ सम्म तीनवटा निर्वाचनको नजिकैबाट अध्ययन,स्थलगत रिपोर्टिङ गर्ने मौका मिल्यो। ती निर्वाचन भन्दा यसपटक ठूलो भिन्नता छ। २०७० मा संविधान बन्नेमा जनता आ शावादी थिए। २०७४ मा देश बन्ने आ शा थियोे जनताको ।तर, यी निर्वाचन मध्ये २०७० ले २०७२ मा नयाँ संविधान दिएपछि जनतामा ठूलो भरोसा छायो ।२०७४ मा एमाले माओवादीलाई करिब दुई तिहाइ मत दिए जनताले ७ लाख दंगालीले पनि बामपंथीलाई धेरै मत दिए । तर, २०७५ मा बनेको नेकपाका मुख्य चालक ओली र प्रचण्डको स्वार्थ झगडाले जनतामा वितृष्णा शुरू हुन थाल्यो । २०७९ मा जाँदा देउवा र प्रचण्डले रूख र हँसियाहथौडामा भोट हाल्न जबर्जस्ती लगाए। ओलीले कमल थापालाई सूर्य चिन्ह दिए। उनले क्रिश्चियन नेता एकनाथ ढकाललाई समानुपातिकमा बन्द सूचिमा १ नम्बरमा राखे। प्रचण्ड कहिले देउवा क्याम्प पुगे। कहिलेको बालकोट पुगे। अन्तमा २०८१ असारमा १७ गतेको मध्यरातमा पावर एलाइटले देउवा ओलीलाई सगोत्री बनाइदियो। करिब १५ महिना ओलीको हुकुमी शासन चल्यो ,भदौ २४ गते ओलीको निरंकुश शासन ढल्यो। ऐया पनि भन्न पनि नपाउने अवस्थाबाट बालबाल बचेका ओलीको चुरीफुरी फेरि बौरियो। देउवा ओली मिलेर संसद व्युताउने जोरजुलुम गरिरहे र अहिले पनि उनीहरूको तयारी छ।विशेष महाधिवेशनबाट मिल्काइएका देउवाले अझै लोभको भाँडो थापेका छन् । ओली झापा ५ मै पत्तासाफ हुने संकेत देखिएपछि विमानस्थलमा दुर्ववहार भएको कृत्रिम हल्ला गर्दै काठमाडौ फर्किए । यी सबै घटना क्रमलाई ४ लाख २० हजार बढी दंगाली मतदाताले एक एक अपडेटमा छन् ।उनै ओली र देउवाअनि प्रचण्डका सनाखतमा नेता भएकाहरू यश पटक पनि दाङका तीनवटै निर्वाचन क्षेत्रमा छन् । एमाले महासचिव शंकर पोखरेल धेरै पटक पराजय भोगेपनि यसपटक पनि चुनावी मैदानमा छन् ।नेकपा नेता निर्मल आचार्य पनि यसअघि पराजित भएका थिए। कांग्रेसको तर्फबाट दाङ क्षेत्र नम्बर १ का उम्मेदवार योगेन्द्र चौधरी र दाङ क्षेत्र नम्बर २ का किशोर किरण घिमिरे नयाँ भएपनि दाङ ३ का उम्मेदवार दीपक गिरी पटकपटक जनतामा टेस्ट भएका हुन्। एमालेका क्षेत्र नम्बर १ का उम्मेदवार रेवतीरमण र सादगी नेता हुन्। दाङ ३ मा एमालेले अघि सारेका उम्मेदवार घनश्याम पाण्डे यसअघि प्रदेशका पराजित भएपनि तुल्सीपुरको मेयरमा निर्वाचत नेता हुन्। नेकपाले दाङ १ मा उठाएको उम्मेदवार मेटमणी चौधरी परीक्षण भएको मात्रै होईन, यश अघि शहरी विकास मन्त्री भएका थिए। नेकपाले दाङ ३ मा उठाएको उम्मेदवार धनबहादुर मास्की विवादास्पद प्रदेश मन्त्री हुन्। प्रदेश सांसद हुँदाहुँदै संघीय सांसदका लोभमा लागेका छन् । यी सबै उम्मेदवारहरूका लागि विगतका नजिर सबैभन्दा खतरनाक तगारा बन्ने पक्का छ।

प्रकाशित मिति : १२ माघ २०८२, आइतबार  ८ : ३२ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित