२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025

एमालेको जबजभित्र ‘जबरजस्ती करणी’का काण्डै–काण्ड !


१० माघ २०८१, बिहिबार  


देशकै बलियो संगठन भएको मानिएको एमालेभित्र यौन दुराचारीयहरुको विगविगी बढेको देखिन्छ । वडादेखि केन्द्रीय स्तरका नेताहरु बलात्कार, दुराचार र यौनकाण्डमा मुछिएका घटनाले पार्टीभत्र यौन अपराधको डरलाग्दो जालो फेलिएको प्रष्ट देखिएको हो । सत्ताको हरेक अंगमा प्रभुत्व जमाएको एमालेले सत्ता र शक्तिको ओतमा धेरै यस्ता अपराध भने छिपाउँदै आएको पाइएको छ।

पछिल्लो समय एमाले नेता ऐन महरमाथि बलात्कारको आरोप लागेको छ। उनीमाथि लागेको बलात्कारको आरोप पछिल्लो उदाहरण मात्रै हो । महरले शक्तिको दुरुपयोग गरेर प्रहरी अनुसन्धानमा प्रभावित पारेको तथ्य खुलेको छ। काठमाडौ प्रहरी परिसर र जिल्ला सरकारी वकिलको कार्यालयलाई प्रतिवादी बनाएर पाटन उच्च अदालतले गरेको आदेशबाट यस्तो कुरा खुलस्त देखिएको हो ।

एमालेका केन्द्रीय सदस्य ऐन महरमाथि बलात्कार मुद्दामा अनुसन्धान अघि बढाउन उच्च अदालत पाटनले आदेश दिएको छ ।महरले एक महिलालाई कायालयमै बोलाएर बलात्कार गरेको आरोप लाग्दै आएको छ। प्रहरीलाई समेत प्रभावमा पारेर पीडितलाई न्याय पाउने बाटो बन्द गर्दै आएका महर अन्ततः उच्च अदालतको आदेशपछि अनुसन्धानको दायरमा आएका छन्। उनीमाथि बलात्कारजन्य कसुरमा अनुसन्धान गर्न अदालतको आदेश भएको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ र जिल्ला प्रहरी परिसर काठमाडौँ समेतलाई प्रतिवादी बनाएर पीडितले दिएको निवेदनमा सुनुवाई गर्दै उच्च अदालत पाटका न्यायाधिशद्वय ब्रजेश प्याकुरेल र कृष्णराम कोइरालाले यस्तो आदेश गरेका हुन् ।

अदालतले अनुसन्धान प्रक्रिया ‘अघि बढाउ’ भनेको पीडितको तर्फबाट बहस गरेका बरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले बताएका छन्। उनका अनुसार ‘पीडितको जाहेरीलाई तामेलिमा राख्ने काठमाडौँ प्रहरीको निर्णय विरुद्धको निवेदनमा यस्तो आदेश भएको हो ।२०८० साल जेठमा आफू एमालेका नेता महरबाट बलात्कृत भएको भन्दै एक पीडितले जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएकी थिइन् । सुरुमा प्रहरीले जाहेरी दर्ता गर्न इन्कार गरेको थियो । हुलाकबाट पठाएको जाहेरी दर्ता गरेपनि मुद्दा चल्ने अवस्था नभएको भन्दै तामेलीमा राख्ने निर्णय गरेपछि पीडित यस निर्णयविरुद्ध उच्च अदालतमा गएकी हुन् ।

‘तामेली उपर अनुसन्धान हुनुपर्छ’ भन्ने रिट जारी गरेर अदालते अरु दुईवटा रिट खारेज गरेको छ । अरु दुईवटा रिट जाहेरी दर्ता गर्न इन्कार गरेको र जाहेरवालालाई सनाखत नगराएको विषयमा भएको वरिष्ठ अधिवक्ता भण्डारीले बताए । उनका अनुसार ‘अदालतले तामेलीमा राख्ने प्रहरीको निर्णय उल्टाएर अनुसन्धान गर्नु भनेको छ। २०८० जेठमा एमाले नेता महरले पीडितलाई आफ्नै कार्यालयमा बोलाएर जबरजस्ती बलात्कार गरेको आरोप लगाइएको छ ।


यद्यपि नेता महरले आफू विरुद्ध पक्राउ पूर्जी जारी भएको भन्ने खबरको खण्डन गरेका छन्। उनले सामाजिक सञ्जालमा पोष्ट गर्दै आफूमाथि पक्राउ पूर्जीको अदालती आदेश नभएको भन्दै बचाउ गरेका छन्। एमालेभित्रको बलात्कार काण्डको यो पछिल्लो नजिर मात्रै हो ।


यस्तै गरी,केही दिन अघि एमाले जुम्लाका नेता सुरतबहादुर शाही भूमि समस्या समाधान आयोगको जिल्ला अध्यक्षमा तोकिए। उनीपनि बालयौन दूराचारको मुद्दा खेपिरहेका छन्। उनको विरुद्ध अदालतमा विचाराधीन रहेकै बेला भूमि समस्या समाधान आयोग जुम्लाको अध्यक्षमा नियुक्त भए । आयोग अध्यक्षमा नियुक्त भएका शाहीले आफ्नै भतिजी नाता पर्ने बालिकामाथि यौन दूराचार गरेको अभियोग लागेको छ। यौन दूराचार जस्तो अपराधमा मुद्दा विचाराधीन रहेका मानिसलाई ओली सरकारले भूमि समस्या समाधान आयोग जुम्लाको अध्यक्ष बनाएको हो । उनीमािथ यौनदूराचारको मुद्दा विचाराधीन रहेको भएपनि राजकीय पदमा नियुक्ति गरेको भन्दै खबर संपेषण भएका थिए। तैपनि उनी खुलेआम हिडिरहेका छन् ।अधिकांश काठमाडौमा बस्दै आएका उनले आफू विरुद्ध कुनै पनि त्यस्तो मुद्दा नभएको दाबी गरेका छन्। व्यक्तिगत प्रतिशोध साँध्नका लागि गलत आरोप लगाइएको उनको दाबी छ।

यस्तै एमालेका कर्णाली प्रदेशका अध्यक्ष गुलाबजंग शाहमाथि पनि यौन दुव्यर्वहारको उजुरी परेको थियो । शाहले आफूलाई पटक–पटक यौन उत्पीडन गरेको भन्दै पार्टीमै क्रियाशील एक महिलाले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नै सम्बोधन गरेर उजुरी दिएकी थिईन्।यौन दुर्व्यवहारजस्तो गम्भीर प्रकृतिको आरोप लागेपछि एमाले अनुशासन आयोगले दुई महिनाअघि नै कार्यदल बनाएर छानबिन गरिरहेको बताइएको थियो । पार्टी अनुशासन आयोगले नेत्र पन्थी संयोजक रहेको तीन सदस्यीय कार्यदल बनाएको थियो कार्यदलले अध्यक्ष शाहसँग बयान लिएको पनि बताइएको थियो । तर, त्यो मद्दाको किनारा अझैसम्म लागेका जानकारीमा आएको छैन ।


यस्तै गरी नेकपा (एमाले) का नेता एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्ध पनि प्रहरीमा उजुरी पुगेको थियो । उनी विरुद्ध परेको उजुरीमा प्रमाण अपुग भएको भन्दै तामेलीमा राख्न सिफारिस गरिएको थियो । प्रहरीले प्रमाण पुगेका बखत मात्र कार्यान्वयन गर्ने गरी सरकारी वकिल कार्यालयलाई राय पठाएको थियो । काठमाडौँ प्रहरी परिसरमा हुलाक मार्फत पूर्वमन्त्री बस्नेत विरुद्ध फौजदारी कसुरमा उजुरी परेको थियो । मुलुकी अपराध संहिता–२०७४ अनुसार बस्नेतविरुद्ध प्रहरीमा फौजदारी कसुरमा जाहेरी दर्ता भएपछि प्रहरीले अनुसन्धान गरी केही दिनअघि सरकारी वकिल कार्यालयलाई रायसहितको अनुसन्धान प्रतिवेदन पठाएको थियो ।यद्यपि एमाले नेता महेश बस्नेतविरुद्धको मुद्दा अघि बढेको छैन। सत्ता र शक्तिको दुरुपयोग गरेर मुद्दा तामेलीमा राखिएको दाबी गरिएको छ।

यसैगरी २०७८ मा एक शिक्षिकालाई बलात्कार आरोपमा एमालेका पूर्व सांसद बानियाँ पक्राउ परेका थिए । यस वर्ष पक्राउ परेका एमालेका उच्च ओहदाका व्यक्ति हुन् सांसद मोहन बानियाँ। मुगुका बानियाँ एमालेका समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य भएका थिए। सांसद बानियाँले जुम्लाकी एक शिक्षिकालाई बलात्कार गरेको आरोप लागेको थियो । बानियाँले आफूलाई नेपालगञ्जको होटलमा बलात्कार गरेको दाबी गर्दै एक शिक्षिकाले बाँके प्रहरीमा जाहेरी दिएकी थिइन्।२०७८ माघ १९ गते राति होटलमा बसेको समयमा आफूमाथि बानियाँले बलात्कार गरेको ती शिक्षिकाको भनाइ थियो।


एमालेभित्र भ्रष्टाचारी, बलात्कारी, यौनदुराचारीको मुद्दा नौलो होइन, अधिकांंश नेता कार्यकर्ता यस्ता फन्दामा मुछिएका छन्। सत्ता र शक्तिको आडमा उनीहरुले उन्मुक्ति पाउँदै आएको देखिन्छ। पद र पैसाको चरम दुरुपयोग गरेर यस्ता जघन्य अपराधमा उनीहरु मुछिएका धेरै नजिर छन्। पछिल्लो समय सहकारी फन्दामा पनि सबै भन्दा बढी एमालेकै नेता कार्यकर्ता संलग्न रहेको देखिन्छ। सार्वजनिक लेखा समिति सभापति ऋषिकेष पोखरेल श्रीमती अन्जला कोइरालादेखि ढोरपाटनका मेयर देवबहादुर नेपाली हुन्। भने संविधान सभाका तत्कालीन सदस्य इच्द्धाराज तामाङ सहकारी ठगीमा जेलभित्र छन् ।

प्रकाशित मिति : १० माघ २०८१, बिहिबार  ८ : ३२ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित