३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025

पन्ध्र असार,”भातमा छिमेकीकै भर”


१५ असार २०८१, शनिबार  


भनिन्छ,वेद सबैभन्दा पुरानो दर्शन हाे,त्योभन्दा पनि पुरानो हाे,नेपालमा धान खेतीकाे अभ्यासको शुभारम्भ।धान उत्पादनकाे इतिहास जति प्राचीनता छ,उति नै यसकाे महत्त्व छ, नेपालकाे मुख्य बाली रहेको धानले हाम्राे चुल्होलाई पर्याप्त धान्न छाेडेकाे भने धेरै भाे । सन ६० काे दशकतिर हामीले अाैसतमा वार्षिक ३ लाख मेट्रिक टन धान भारत, बंगलादेश र दक्षिण काेरियालाई धान बेच्थ्याै।तर, करिब ६० वर्षपछि हामीले तिनै मुलुकबाट अाैसतमा वार्षिक ५० अरबकाे धान चामल अायात गरेर चुल्हो धानेका छाै।

विश्वका ४ अरब मानिसको मुख्य राेजाइकाे खाना भात , जुन भातका लागि सरकारले धानलाई मुख्य बाली भन्दै अाएकाे छ। वार्षिक ५५ लाख मेट्रिक टन धान उत्पादन हुन्छ ,जबकि हाम्रो उत्पादन क्षमता ७५ लाख मेट्रिक टन हाे। यही क्षमता उत्पादन हुन सकेमा हाम्रो चामलको माग स्वदेशमै पूरा हुन सक्छ।तर, हाम्रो उत्पादकत्व क्षमता प्रतिहेक्टर ३दशमलव ८ मेट्रिक टन छ,जबकि हाम्रो छिमेकी चीनले प्रतिहेक्टर ७ मेट्रिक टन धान उत्पादन गर्दछ।विश्वमा सबैभन्दा बढी धान उत्पादन गर्ने देश चीन हाे,भने ४३ देशहरूका लागि धान मुख्य बाली हाे।

विश्वका ४ अर्ब मानिसको अाहार भात भएजस्तै ९८% नेपालीको मुख्य खाना भात हाे।यद्यपि उत्पादकत्व वृद्धिकाे हिसाबले हामी पुछारमा छाै।तैपनि सरकारले नीति कार्यक्रम र अभियानहरू गर्दै अाएकाे छ। २०६१ मंसिरमा सरकारले असार १५ लाई राष्ट्रिय धान दिवस मनाउने नीतिगत निर्णय गर्याे।सरकारी अभियान अाैपचारिकरूपमा प्रारम्भ भएको अाज २० वर्ष पूरा भयाे।तर,उत्पादन क्षमता हामी ५५ लाख मेट्रिक टनदेखि माथि पुगेनाै।

बरू २५ लाख हेक्टर धान फल्ने खेत २०६८ देखि २०७८ सम्ममा करिब ३ लाख हेक्टर खण्डीकरण गरियाे,खेत मासेर भद्रगोल शहर बसालियाे,प्लटिङका नाममा खेत मात्रै मासिएन,पानीका स्राेत पनि सुके।सिमसार क्षेत्रहरू मासेर महल बने,जसले पर्यावरणीय चक्र पनि खलल भयाे।

एकातिर करिब २०% जनता भातकाे एक गास खान पाउदैन ,तर अर्कोतिर ९३ किलाे अाैसतमा धनीहरूले प्रतिव्यक्ति वार्षिक रूपमा भात खेर फाल्ने गरेको तथ्यांक छ। देशलाई वार्षिक करिब १५० लाख मेट्रिक टन खाद्यान्न चाहिने अनुमान छ,हाम्रो धानले एक तिहाइ भन्दा अलिक धेरै खाद्य माग पूरा गर्दै अाएकाे छ। यस्तो हुनुमा पनि खेतीयोग्य जमिन घट्नु हाे,२५ लाख हेक्टरमा धान खेती गर्न सकिने भएपनि गएको अार्थिक वर्षमा १५ लाख हेक्टरमा मात्रै धान राेपिएकाे थियोे ।त्यसमध्ये १० लाख हेक्टरमा सिचाइ पुगेपनि ५ लाख हेक्टरमा अाकाश हेरेरै धान राेपिएकाे थियोे ।जसबाट करिब ५५ लाख मेट्रिक टन धान फल्याे।

सिचाइ पुराउन भन्दै सिक्टा जस्ता राष्ट्रिय गाैरवका अायाेजना सरकारले ल्याएपनि भ्रष्टाचार र बेथितिले डेढ दशकदेखि घिटिघिटीमा छ।मलमा हरेक वर्ष झेल छ,यद्यपि यश वर्ष मलकाे भण्डार त छ,तर, सहकारीका नाममा विचाैलियाले दाङ लगायतका जिल्लामा कृषकलाई दुख दिएकाे घटना भरखरैकाे हाे।यस्तो दुर्दिनमा गुज्रिदैछ,नेपालकाे कृषि क्षेत्र ।उत्पादन र उत्पादकत्व बढ्दैन ।गएकाे वर्षमा धान उत्पादनमा केही वृद्धि भए पनि उत्पादकत्व ३दशमलव ४ कै वरिपरि रह्याे।

यस्तो अवस्था छ,याे देशमा धान खेतीकाे ।अनि खानकै लागि भएपनि बर्सेनि ५० अर्ब हाराहारीमा भात ल्याउनुपर्छ,सीमा पारिबाट। तैपनि राष्ट्रिय धान दिवस तथा असार १५ भन्दै एकदिने उत्सवकाे कर्मकाण्ड २० वर्षदेखि निरन्तर छ।याे कर्मकाण्ड सरकारी कर्मचारी ,नेता र गैरकृषकलाई एकदिन हिलोसंग जिस्किने मेला भने अवस्य भएको छ।

सरकारले धान सहित कृषिको नाममा दस्तावेजीकरण गर्न प्रारम्भ गरेको पनि दशकाै भाे,तर सुधारका संकेत कतै देखिन्न।हाम्रो कृषि क्षेत्र र कृषक एकातिर छन्,सरकारी नीति उल्टाे गति र मतितिर छ।त्यसको ज्वलन्त उदाहरण लम्पी स्किन हाे। महामारी देशभर फैलिएर गाई भैंसी मर्दा लाखाै कृषककाे गाेठ रित्तिए।लाखौं किसान धरधरी राेए। तर,सरकार हाे, हाे भन्दै टार्याे।पशुपालन क्षेत्रमा यतिकाे लज्जा सायदै थिएन हाेला इतिहासमा ।

तैपनि सरकारले कृषि – कृषि भन्न छाेडेकाे छैन,अाउदाे अार्थिक वर्षमा करिब ५८ अर्ब बजेटकाे बिलाे लगाएर कृषिमा छलाङ मार्ने सपना देखेको छ।कृषि दशक वर्ष घाेषणा गरेर अर्को हवाइ सपना बाँडेको छ।यी र यस्ता हवाइ सपनाकाे टालटुले कुराले कृषिमा सुधार सम्भव छैन।जबसम्म किसानसंगै बसेर उनको लागि उनीहरूले दिएको सुझावकाे अाधारमा कृषि नीति र कार्यक्रम बन्दैनन्। तबसम्म यस्तै गरि धान चामल अायात गरेर धान दिवस मनाउने नियती दाेहाेरिरहन्छ।

धान दिवसका दिन, मन्त्री,कर्मचारी र कृषि माफीले चटके फाेटाे खिचाएर कृषि क्षेत्रकाे हुर्मत लिइरहनेछन्,किसान रूदै रूदै पलायन भइरहनेछन्,मस्तिष्क र पाखुरी भएका युवा खाडी मलेसिया लखेटिनेछन्,उतैबाट अाएकाे विप्रेषणले चामल किनेर हाम्रो चुल्हो जल्नेछ,नेपाल कृषि प्रधान देश भन्दै गीत गाउन छाेडिने छ‌ैन।
-जय कृषि ,जय कृषक,जय धान दिवस।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  ८ : ३२ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित