२३ भाद्र २०८३, मंगलबार | Tue Sep 8 2026

४ अर्ब बढी रकम लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आव्हान !


१७ मंसिर २०८१, सोमबार  


नेपाल राष्ट्र बैंकले ४ अर्ब बढी रकम लगानी गर्ने भएको छ ।

केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा मुद्दती निक्षेपका रूपमा ४ अर्ब ४ करोड ७९ लाख रुपैयाँ लगानी गर्ने भएको हो ।

राष्ट्र बैंकले विभिन्न कोषमा रहेकोे सो बराबरको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपका रुपमा लगानी गर्न लागेको हो ।

आगामी पुस १ गतेदेखि लागू हुनेगरी २०८२ पुस १ गतेसम्म ३६६ दिनका लागि मुद्दती निक्षेपका रूपमा जम्मा गर्ने भएको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा ३ अर्ब २३ करोड ८५ लाख, राष्ट्रियस्तरका विकास बैंकहरुमा ६० करोड ७१ लाख करोड र राष्ट्रियस्तरका वित्तीय संस्थाहरुमा २० करोड २३ लाख रुपैयाँ निक्षेप जम्मा गर्ने जनाएको छ । निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले चाहेको रकम तथा ब्याजदरसहित प्रस्ताव गर्न सक्नेछन् ।

राष्ट्र बैंकको निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले आफूले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदर समेत उल्लेख गरी मंसिर १९ गते राति १२ बजेभित्र बोलकबोल पेश गर्नुपर्नेछ ।

यसरी राखिएको मुद्दती निक्षेपको ब्याज बैंक तथा वित्तीय संस्थाले मासिक रुपमा भुक्तानी गर्नुपर्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  २ : ३३ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित