२ भाद्र २०८३, मंगलबार | Wed Aug 19 2026

कोइरालानिवास मर्मतका लागि छुट्याइएको दुई करोड रुपैयाँ नलिने डा. शेखर कोइरालाको निर्णय


२२ श्रावण २०८३, शुक्रबार  


नेपाली कांग्रेसका नेता डा‍‍। शेखर कोइरालाले ०८२ साल भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको विराटनगरस्थित कोइरालानिवासको पुनर्निर्माण तथा मर्मतका लागि नेपाल सरकारले विनियोजन गरेको रकम नलिने निर्णय सार्वजनिक गरेका छन् ।

डा। कोइरालाले उक्त रकम स्वीकार गर्नु नैतिक रूपमा उपयुक्त नहुने उल्लेख गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बजेट फिर्तासम्बन्धी पत्रसमेत पठाएको जानकारी दिएका छन् ।

सरकारले आर्थिक वर्ष ०८३र८४ को बजेटमार्फत विराटनगरस्थित कोइरालानिवासको पुनर्निर्माण तथा मर्मतका लागि दुई करोड रुपैयाँ विनियोजन गरेको थियो। तर, डा। कोइरालाले व्यक्तिगत तथा नैतिक कारण देखाउँदै उक्त बजेट नलिने स्पष्ट पारे ।

उनको निर्णयलाई राजनीतिक वृत्तमा नैतिक जिम्मेवारी र सार्वजनिक स्रोतको प्रयोगप्रतिको दृष्टिकोणका रूपमा समेत हेरिएको छ।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  २ : ३४ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित