नेपालको पहिलो डिजिटल वालेट ुआइएमई पेुसम्मानित भएको छ। प्रतिष्ठित ुडिजिटल सभिसेज आइसीटी पुरस्कार २०२४ु बाट ुआइएमई पेु सम्मानित भएिको हो । आइएमई पे डिजिटल सर्भिसेज विधाबाट सम्मानित भएको हो । आइसीटी अवार्डले नेपालको टेक्नोलोजी क्षेत्रमा उत्कृष्टता र नवीनता ल्याउन पहल गर्ने कम्पनीहरुलाई यसरी सम्मानित गर्ने गर्दछ।
ुआइएमई पेु लेआफ्नो नवीन र प्रयोगकर्ता –मैत्री प्लेटफर्ममार्फत डिजिटल भुक्तानी लगायतका वित्तीय सेवाहरु प्रयोग गर्ने तरिकामा उत्साहजनक परिवर्तन ल्याएको छ। यो प्रतिष्ठित अवार्डले नेपालको डिजिटल वित्तीय परिदृष्यमा ुआइएमई पेुको महत्वपूर्ण योगदानलाई सम्मान गरेको हो ।
यस डिजिटल सर्भिसेज आइसीटी अवार्ड २०२४ बाट सम्मानित हुन पाउँदा निकै गौरवान्वित महशुस भएको ुआइएमई पेुका कार्यकारी अधिकृत प्रविण रेग्मीले प्रतिक्रिया दिए, यो पुरस्कार आइएमई पेमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको मेहनत परिश्रम,समर्पण र साझेदारहरुको विश्वास तथा सहयोगको परिणाम भएको पनि कार्यकारी अधिकृत रेग्मीले चर्चा गरे । उनले यस डिजिटल अवार्डले नेपालमा डिजिटल वित्तीय सेवा क्षेत्रमा अग्रणीको रुपमा रहेको आइएमई पेको स्थानलाई अझै थप नयाँ उचाइमा पुराएको र आइएमइ पे वित्तीय समावेशीकरण र प्रविधिको प्रयोगले देशभरका व्यक्ति र व्यवसायलाई सशक्त बनाउन थप प्रतिवद्ध रहेको पनि बताए ।
ुआइएमई पेुनेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटद्वारा प्रवर्धित आइएमई पे मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो । नेपाल राष्ट्र बैकको भुक्तानी तथा फच्छ्यौट विनियामावली २०७२ बमोजिम आइएमई डिजिटल दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो । आइएमइ पे मोबाइल वालेट मार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुको मार्फत विभिन्न किसिमका भुक्तानी कार्य गर्न सक्छन्।
यसले व्यक्ति व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाईन तथा स्थलगत स्टोरहरुमा स्क्यान गरी भुक्तान गर्ने,मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयहरुका बील भुक्तान गर्न मिल्ने सेवा समेत प्रदान गरेको छ।
यस मोबाईल वालेटमा व्याज तथा विभिन्न क्याब्याकहरुको पनि सुविधा छ। आइएमई डिजिटल सोलुसन लिमिटेडले बैकिङ सुविधाबाट बञ्चित नेपाली तथा न्यून बैकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुराउने लक्ष्य लिएको छ। २० लाख भन्दा बढी ग्राहकहरुसंग सीधै मोबाइल वालेट एप तथा एजेन्टहरुमार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल भएको देखिन्छ।