२६ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

नयाँ वर्ष २०८२ शुभारम्भ,बैशाख १ उत्साह र उमंगको शुभ दिन


१ बैशाख २०८२, सोमबार  


विक्रम संवतको पात्रोअनुसार नयाँ वर्ष सुरु भएको छ। आज मध्यरातबाट २०८१ साल सकिएर २०८२साल सुरु भएको हो। 

हरेक १ वैशाखलाई विक्रम संवतको पात्रोअनुसार नयाँ वर्षको रुपमा मनाउने गरिएको छ। त्यसैले यस दिनलाई नेपाल तथा विश्वभर छरिएर रहेका नेपालीहरूले विशेष महत्वका साथ मनाउने गर्छन्।

विक्रम संवत पात्रोअनुसार सौर्यमानक हिसाबले वैशाख १ मा नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मनाइन्छ। विक्रम संवत् हिन्दू पञ्चांगमा आधारित भएर निर्माण गरिएको पात्रो मानिन्छ ।

नयाँ वर्षका अवसरमा एक आपसमा खुशी ,उमंग र उत्साह बाँड्ने र कामना गर्ने गरिन्छ । त्यसअघिको अन्तिम साँझ तथा रात साथीभाइ, इष्टमित्र भेटघाटसहित रमाइलो गरी वर्षान्त मनाउने गरिन्छ।

नयाँ वर्षमा धार्मिक आस्था राख्नेहरुले पनि मठमन्दिरमा गई पूजाआजा गर्ने पनि गर्दछन् । विगतका कामको समीक्षा गर्दै कमजोरी सुधारेर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लाग्न नयाँ वर्षका अवसरमा प्रण पनि गर्ने गरिन्छ।

र, अन्तमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा नयाँ वर्षको अवसरमा हाम्रो पनि भव्य शुभकामना । यश वर्षले हरेक नेपालीको घरमा सुख शान्ति र समृद्धि ल्याउन सकोस्।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ५ : ३४ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित