१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

सवारी चालक अनुमति पत्रको नवीकरण अवधि अब दश वर्ष


१८ बैशाख २०८२, बिहिबार  



सरकारले सवारी चालक अनुमति पत्रको समायवधि बढाएको छ । अब सवारी लाइसेन्सको अवधिमा १० वर्ष हुने भएको हो ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अवधि पाँच वर्ष व्यवस्था गरिएको छ । तर, त्यसलाई संशोधन गरेर अब १० वर्षको अवधि पुराइएको हो । नयाँ व्यवस्था भएपछि सेवाग्राहीले प्रत्येक पाँच वर्षमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स)नवीकरण गर्नुपर्ने झन्झटबाट मुक्ति पाउनेछन् ।

प्रतिनिधि सभाले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक पारित गरेर समायवधि बढाएको हो । यस सम्बन्धि विधयेक मंगलबार प्रतिनिधि सभाले पारित गरेको थियो । प्रतिनिधि सभाले राष्ट्रिय सभा पठाएपछि त्यहाँबाट पनि पारित गनिे छ। त्यसपछि पछि पुनः प्रतिनिधि सभामा विधेयक आउनेछ ।

त्यसपछि सभामुख हुँदै राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनको रुपमा कार्यान्वयनमा आउनेछ ।सरकारले सार्वजनिक सेवा वितरणलाई सहज र प्रभावकारी बनाउने उद्देश्यले कानुनी सुधारका माध्यमबाट यो पहल अघि बढाएको हो ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहिबार  ६ : ३४ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित