१० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026

दुई वर्षमा एनसेलका १८ लाख बढी प्रयोगकर्ता घटे, राज्यलाई कर छलेको एनसेलको घट्दै बजार


३ आश्विन २०८२, शुक्रबार  


सरकारलाई पुँजीगत लाभकर छलि गरेको एनसेलको प्रयोगकर्ता घट्नेक्रम तीब्र छ।

चार महिनामा औसतमा तीन लाख प्रयोगकर्ता घटेको पाइएको छ ।
दूर संचार क्षेत्रमा नेपाल टेलिकमको मुख्य प्रतिस्पर्धी एनसेलले दुई वर्षमा १८ लाख बढी उपभोक्ता गुमाएको हो ।
सार्वजनिक तथ्यांक अनुसार एनसेलको विश्सनीयता र गुणस्तरसंगै कर छलिकै कारण उपभोक्ताले एनसेलको सिम धमाधम फाल्न थालेका छन् ।
नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०७९ चैतदेखि २०८० असारसम्मको अवधिमा पनि दुई लाख ५६ हजार ७८० प्रयोगकर्ताले एनसेलको प्रयोग गर्न छोडेको देखाएको थियोे । त्यसयता एनसेल प्रयोगकर्ता दर घट्दै गएको तथ्यांकले देखाउँछ ।
२०८० असारमा एनसेलको प्रयोगकर्ता एक करोड ३२ लाख ३३ हजार ३९८ थिए ।तर, त्यसयताको दुई वर्षमा १८ लाख बढी प्रयोगकर्ताले सिम फालेको पाइएको छ । अहिले एनसेल प्रयोगकर्ता १ करोड १४ लााख ३३ हजार रहेको छन्।

यता नेपाल टेलिकमले भने यश अवधिमा २० लाख बढी नयाँ ग्राहक थपेको छ। नेपाल टेलिकमको जीएसएम मोबाइल सेवाका ग्राहक सवा दुई करोड बढी पुगेका छन्। एनसेलको प्रयोगकर्ता निरन्तर घट्नु मुख्य कारण सरकारले १६ अर्ब कर छलि नै भएको यश सम्वद्ध जानकारहरू बताउँछन् ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ४ : ३७ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित