१ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026

सुन्दरताले मैमत्त, अपि हिमाल!


३१ जेष्ठ २०८१, बिहिबार  



सुदूरकाे सुन्दर अग्लाे चुचुरो ,अपि हिमाल।जाे अाफ्नै सुन्दरताले मैमत्त लठ्ठ अनि लज्जालु जस्तै देखिन्छ ।खै याे स्वर्गकाे टुक्रा हाे या धर्ती उच्च पवित्र भूमि । अपि अाफ्नै सुन्दरतामा अंकमाल गराउन अातूर जस्तो देखिन्छ ।

सेताम्मै हिमाली टाकुराहरूलाई साथमा लिएर ठिंग उभिएको छ, अपि हिमाल। दार्चुला जिल्लामा पर्ने यति सुन्दर हिमाल पाहुनाकाे पर्खाइमा छ।अाफ्नै सुन्दर शीरमा मानव जातिको पाईला स्पर्श गराएर सुदूरलाई समृद्ध बनाउने पर्खाइमा छ।सिहँदरबारकाे धुरीबाट नदेखिएपनि २७ लाख सुदूरपश्चिमबासीकाे हृदयमा अमिट छाप जस्तै हाे,अपि हिमाल।सुदूर शीर अपि हिमाल समुद्री सतहबाट ७ हजार १ सय ३२ मिटर उचाइमा छ।भारत र तिब्बतसंगकाे सिमाना उभिएर याे देशकाे सार्वभौमिकता र अखण्डतालाई अक्षुण राख्न पहरेदार झै उभिएको छ,अपि।

सन १८९९ ताका अपि हिमालकाे पहिचान भएको थियोे ।यश हिमालकाे पहिचान भएपछि पहिलोपटक सन १९६० मा अाराेहण गर्ने काेशीस भएको थियोे ।सुदूरपश्चिमकाे सबैभन्दा अग्लाे हिमालकाे प्रवर्द्धन गर्न भन्दै गएकाे २०८० असाेज १० गते “अपि भ्रमण वर्ष २०८०” शुभारम्भ गरिएको थियोे ।विश्व पर्यटन दिवस सेटेम्बर २७ काे शुभ दिन पारेर अपि अाराेहणकाे व्यापक प्रचारप्रसार गरिएको हाे।

त्यस यता अपि अाराेहण गर्नेहरू पुग्ने गरेका छन् ।”पश्चिमका हिमचितुवा” भनेर पहिचान बनाएका अाराेही मनबहादुर खत्री भन्छन्, “अपि हिमाल अत्यन्तै सुन्दर र मनमाेहक छ,यसकाे प्रवर्द्धन गर्न सके सुदूरपश्चिमकाे समृद्धि टाढा छैन।”
हाे,अाराेही खत्रीले भने जस्तै पश्चिम नेपालका हिमालहरू पनि उत्तिकै राेमान्चित छन् ।पर्वतीय पर्यटनका गज्जबका उत्पादन भएपनि बजारीकरण भने पर्याप्त देखिन्न।

व्यासऋषि हिमश्रृङखला अन्तरगत पर्ने यश अपि हिमाल ७हजार १सय मिटर,नाम्पा ६हजार ७सय ५७ मिटर अग्लाे र लिपुधुरा हिमाल ६हजार ८ सय ५ मिटर अग्लाे रहेको छ।यसै गरि उराइ भन्ज्याङबाट निहुरिएर दक्षिणतिर लाग्दा सेती नदी र हुम्ला -कर्णालीकाे बीचमा सैपाल हिमाल ठिंग उभिएको छ।गुराँस हिमश्रृखला अन्तरगत पर्ने सैपाल हिमाल ७ हजार ३१ मिटर अग्लाे छ

प्रकाशित मिति : ३१ जेष्ठ २०८१, बिहिबार  ७ : ३८ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित