३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

टीकाका दिन गुरूकुल एकेडेमीको निशुल्क बस सेवा


२६ आश्विन २०८१, शनिबार  



गुरुकुल एकेडेमी दाङले सर्वसाधारण नागरिकलाई आज टीकाका दिन निशुल्क यातायात सेवा प्रदान गर्ने भएको छ ।

एकेडेमीले विजयादशमीको अवसरमा सर्वसाधारणको लागि निशुल्क यातायात सेवा प्रदान गर्ने भएको हो ।

बडादशैको दिन सार्वजनिक सवारी साधन कम मात्रामा चल्ने र यात्रुको चाँप धेरै हुने भएकाले उनीहरूको सहजताका लागि “समाजसँग गुरुकुल” भन्ने नारा सहित विद्यालयले सर्वसाधारणको लागि निशुल्क रुपमा यातायात सेवा प्रदान गर्न लागेको गुरुकुल एकेडेमीका अध्यक्ष ई. अनन्तराज घिमिरेले जानकारी दिए।

आज गुरुकुल एकेडेमी घोराहीबाट ३ वटा बस संचालन हुने छन् भने तुल्सिपुरबाट २ वटा गरी जम्मा ५ वटा बसले निशुल्क रुपमा सेवा दिने छन् । गुरुकुल एकेडेमी घोराहीका बसहरू घोराहीको तुलसीपुर चोक देखि नारायणपुरसम्म , तुलसीपुर चोक देखि गोग्लीसम्म आर्मी ब्यारेकदेखि दिपशिखा चोक सम्मको रुटमा चल्ने छन् यो रुटमा यात्रा गर्ने यात्रुहरुले निशुल्क रुपमा सेवा लिन सक्ने विद्यालयले जनाएको छ ।

यसै गरी तुलसीपुरका बसहरू आँखा अस्पताल रक्षाचौर देखि शितलपुर सम्म र विद्युत कार्यालयदेखि दुधरास सम्मको रुटमा बस चल्ने गुरुकुल एकेडेमी तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिनुभयो । दिँउसो १ बजे देखि साँझ ५ बजे सम्म बसहरू संचालन हुनेछन ।

प्रकाशित मिति : २६ आश्विन २०८१, शनिबार  १० : ३९ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित