विवादास्पद पृष्ठभूमिका मेडिकल दुर्गा प्रसाईं पक्राउ परेका छन् ।
उनलाई नेपाल प्रहरीको साईबर व्यूराेले दुर्गा प्रसाईंकाे निवास भक्तपुरबाट अपरान्ह पक्राउ गरेको हाे।प्रहरी नायव उपरीक्षककाे कमाण्डमा प्रहरी पुगेको थियाे।
उनीसहित ३ जनाविरुद्ध बुधबार पक्राउ पुर्जी जारी भएको भएको थियो ।काठमाडौं जिल्ला अदालतले विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघनको आरोपमा व्यवसायी दुर्गा प्रसाई, जीवन पाण्डे र युट्युबर प्रकाशचन्द्र दाहाललाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो।
राष्ट्र ,धर्म र नागरिक बचाउँ अभियान चलाउँदै आएका थिए। पछिल्लो समय लघु वित्त, सहकारी र बैंक सञ्चालक विरूद्ध आ न्दाेलन गर्दै आएका थिए। माअाेवादी पृष्ठभूमिबाट राजनीतिमा उदाएका उनी यश अघि एमाले केन्द्रीय सदस्य थिए।
अाेली प्रचण्ड मिलाउन सफल भएका उनी पछिल्लो समय एमाले विरू्द्ध विषवमन गर्दै आएका थिए। २०८० मंसिर ७ गते राजतन्त्र फर्काउने र गणतन्त्र ढाल्ने धम्की दिदै आएका थिए।








