१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

अविरल वर्षाका कारण उपत्यकामा मात्रै २१ जनाकाे मृत्यु, ६ जना बेपत्ता !


१२ आश्विन २०८१, शनिबार  



अविरल वर्षाका कारण काठमाडौँ उपत्यकामा मात्रै २१ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार काठमाडौँमा ९ जना, ललितपुरमा ९ जना र भक्तपुरमा ३ जनाको मृत्यु भएको हो ।उनीहरूको बाढी, पहिरो र घर भत्किँदा निधन भएको हो ।

काठमाडौँमा ४ जना बेपत्ता भएका छन् ।  बाढी पहिरोमा परी हराइरहेकाहरूको खोजी भइरहेको काठमाडौँ प्रहरीले जनाएको छ ।

यता भक्तपुरमा तीन जनाको मृत्यु भएको छ भने ललितपुरमा ९ जनाको मृत्यु भएको छ । ललितपुरबाट २ जनालाई हेलिकप्टर र २ सय ८१ जनालाई सुरक्षाकर्मीहरूले उद्धार गरेका छन् । 

धनकुटामा २ जनाको मृत्यु र २ जना बेपत्ता भएका छन् । पाँचथरमा २ जनाको मृत्यु भएको छ भने काभ्रेमा ३ जना, धादिङमा १ जनाको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  १ : ४० बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित