२४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026

युद्धबाट आएको भियतनाम बन्यो अर्थतन्त्रमा ‘एशियन टाईगर’, नेपालको अवस्था ‘कुखुरी काँ’ मै !


७ भाद्र २०८२, शनिबार  


युद्धको भट्टीबाट उदाएको भियतनामलाई आज आर्थिक उन्नतिमा एशियन टाईगर भनिन्छ । बीसौं शताब्दीमा अमेरिकी साम्राज्यवाद विरूद्ध बारूला युध्द लडेको भियतनाम विश्व बजारको एसेम्बल डेस्टिनेसन बनेको छ।

महाशक्ति राष्ट्रहरूसंग सिधा नजर जुधाएर सम्प्रभुता,स्वाधीनता र स्वतन्त्रता कामय राख्दै अर्थतन्त्रमा एशियन टाईगर बनेको हो। भियतनाम जस्तै जापान र जर्मनहरूले युद्धपछि ठूलो आर्थिक क्रान्ति गरे ।
हामी पनि युद्धबाट नयाँ व्यवस्थामा आयौ।तर,हिजो हाम्रो चामल किन्ने भियतनामसंग आज हामीले याचना गर्दै उसैसंग सहयोग थाप्नु पर्ने भएको छ।

नेपाल भ्रमणमा रहेकी भियतनामी उपराष्ट्रपति आन्ह जुआनसंग परराष्ट्रमन्त्री रजु देउवाले सघाउन निवेदन गरिन् ।विकशील राष्ट्रको सूचिमा पार लाग्न भियतनामको सहयोग खोजिन् ।

सन २०२६ मा नेपाल विकाशील राष्ट्रको सूचिमा जाँदै गर्दा धेरै चुनौति मोल्नु पर्ने भएको छ।अतिकम विकसितको सूचिमा हुँदा त अनुदान थियोे,सहुलियतपूर्ण ऋण पाईन्थ्यो, थुप्रै सहायता जुट्थ्यो ।प्रजातन्त्रको पुनःस्थापनापछि विदेशी सहयोगको बाढी आयो । मित्र राष्ट्रहरूले गरेको त्यो सहयोग कता गयो रु कसैले खोजेन । विदेशी सहयोग ‘कुखुरी काँ’ कै कथा भयो ।

सुशासन र अधिकारका लागि भन्दै देस वर्ष युद्धमा गयो ।शान्तिका लागि दाताहरू फेरि उस्तै गरि अर्बौं डलर दिए ।त्यो पनि ‘कुखुरी काँ ‘ कै नियतिले देश खायो । संविधान, शान्ति र लोकतन्त्र सबै सबै गर्दै हामी अघि बढ्यौ । विकशील राष्ट्रको सुचीमा पनि चढ्ने भयौ। अब अतिकम विकसित हुँदा पाउने सबै अनुदान पनि गुम्यो। जति माथि उक्लियो, उति धेरै चुनौति धेरै छन् । विकसित र धनी गाह्रो छ। अझ टिक्न झनै गाह्रो छ।

त्यसको लागि इमानदार राजनीतिक नेतृत्व चाहिन्छ ।तर, हामीले देखिरहेका र झेलिरहेकाहरूबाट यो सम्भव छैन। जुनकुरा वाक्कदिक्क हुने गरि झेलरै प्रमाणित भइरहेको छ।

अहिले ओलीले सत्ताको चक्का घुमाइरहेका छन्। भोलि उनी जानेछन् ।उनै अलोकपृय देउवा सत्तामा आ उनेछन् २०८३ असारमा देउवा फेरि उहीँ नालायकी हात लिएर देश चलाउने छन् ।

जनता हेरेको हेर्यै, देश तन्नम भएको भइ।विकशील राष्ट्रको सूचीमा देश ।तर, सहयोग देउ भन्दै हात थाप्नु पर्ने नियति उहि ।यसर्थ अझै पनि यी नालायकहरूलाई काँध थापेर देश बर्बाद नपारौ।जतिसक्दो यीनीहरूलाई ससम्मान विदाइ गरौ।धेरै ढिला भैसक्यो अब अबेर नगरौ।

प्रकाशित मिति : ७ भाद्र २०८२, शनिबार  ६ : ४२ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित