१ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026

विदेशी विनिमय सञ्चिति पौने २७ खर्ब पुग्यो, एक वर्षमा थपियो करिब साढे छ खर्ब


९ भाद्र २०८२, सोमबार  


मुलुकको विदेशी मुद्रा सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो ३१.२ प्रतिशतले बढेको हो ।

यसले गएको एक वर्षमा विदेशी मुद्रा सञ्चिति ६ खर्ब ३६ अर्ब ५८ करोडले थपिएको छ । २०८१ असारमसान्तमा कुल विदेशी विनिमय सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ रहेको थियो ।

गएको असार मसान्तमा अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति १९ अर्ब ५० करोड पुगेको छ । अघिल्लो असारको तुलनामा यो २७.७ प्रतिशतले बढेको थियो । २०८१ असारमा कुल विदेशी मुद्रा सञ्चिति १५ अर्ब २७ करोड रहेको थियो ।

आर्थिक वर्ष २०८१÷८२ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १८.२ महिनाको वस्तु आयात र १५.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको दाबी छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि कम्तिमा ७ महिनालाई पुग्ने विदेशी मुद्रा सञ्चिति कायम गर्ने लक्ष्य तय गरेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ६ : ४२ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित