५ आश्विन २०८३, सोमबार | Tue Sep 22 2026

ओली प्रतिवेदनको ऐनामा देखिएको नेपाली समाज


२१ भाद्र २०८२, शनिबार  


मुलतः नेपाली समाज अढाइ सय वर्षे सामन्तवादी युगको अन्त्य गर्दै वित्तीय पूँजीवादको पहिलो चरणमा आइपुगेको छ।

पैसा कमाउनु नै नेपाली समाजको मुख्य उदेश्य बनेको छ। जब पैसा कमाइन्छ,तब जीवन सजाइन्छ।यो भाष्य र भावनाले ओतप्रोत छ,नेपाली समाज। सूचना प्रविधिको तीब्र विकास र यसले ल्याइदिएको अभूतपूर्व परिवर्तनले हाम्रो सोचाइ र गराइमा बदलाव आएको छ।

हाम्रो जीवनशैली,सोच र दृष्टिकोणमा आएको परिवर्तनले पूँजी साधन र साध्य दुबै बनेको छ । यो स्वभाविक पनि हो ।विश्व समाजको परिवेश,परिघटना र प्रवृत्तिबाट अब नेपाली समाज पनि अलग रहन सक्दैन ।

यही परिवेशमा नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाली समाजको व्याख्या गर्दै एमाले विधान महाधिवेशनमा प्रतिवेदन पेश गरेका छन् ।नेपाली चरित्र, चित्र, चिन्तन र उत्पादन सम्बन्धको व्याख्या गर्दै उनले प्रतिवेदन पेश गरेको हुन् ।

उनले समाजलाई तीन वर्गमा विभाजन गरेका छन् । शुक्रबारबाट सुरु भएको विधान महाधिवेशनमा उनले आय, जमिन स्वामित्व र सम्पत्तिका आधारमा निम्न, मध्यम र उच्च वर्ग छुट्याएका हुन् ।

वार्षिक डेढ लाख रुपैयाँभन्दा कम आय हुनेलाई निम्न वर्गमा राखेका ओलीले १ हेक्टरभन्दा कम जमिन वा भूमिहीन, बैंक तथा वित्तीय पहुँच नहुने र आधारभूत सुविधा अभाव हुनेहरूलाई यसमा समावेश गरेका छन् । पार्टीको ध्यान यही वर्गको पक्षपोषणमा केन्द्रित हुनुपर्ने उनले बताएका छन्।

यद्यपि एमाले विचौलिया,माफिया र तस्करहरूबाट सबैभन्दा प्रभावित र सञ्चालित दल भएको आलोचकहरू बताउँछन् ।


त्यसैगरी उनले डेढ लाखदेखि ५ लाख रुपैयाँसम्म वार्षिक आय हुनेलाई मध्यम वर्गमा राखेका ओलीले १देखि ३ हेक्टर जमिन स्वामित्व हुने, भौतिक, वित्तीय तथा बौद्धिक सम्पत्ति भएका र आधुनिक प्रविधिमा पहुँच भएकालाई यो वर्गमा राखेका हुन् । यो वर्ग तुलनात्मक रूपमा सक्षम भए पनि अस्थिर रहेको उनको दाबी छ।

मध्य वर्ग निर्णायक छ। कुल जनसंख्याको आधा हिस्सा यो वर्ग छ। हरेक राजनीतिक परिवर्तनमा यो शक्ति निर्णायक छ ।यतिबेला सबैभन्दा असन्तुष्ट छ,यो वर्ग। प्रविधिदेखि उत्पादन र राजनीतिक चलखेलमा सक्रिय वर्ग हो,यो।


यस्तै उनले पाँच लाखभन्दा बढी वार्षिक आय हुने, ३ हेक्टरभन्दा बढी जमिन वा शहरी जग्गा भएका, बैंक, बीमा, उद्योग वा ठूला व्यवसायमा लगानी गर्नेहरूउच्च वर्गमा पर्ने ओलीको भनाइ छ ।

रोजगारी सिर्जना र पुँजी निर्माणमा योगदान भए पनि यही वर्गले श्रम शोषण गर्ने र प्रायः अग्रगमनविरुद्ध उभिने गरेको उनले आरोप लगाएका छन् ।

जबकि यो वर्ग राष्ट्रिय पूँजीपति वर्ग हो।यसलाई राष्ट्रिय उत्पादनमा प्राथमिकता नदिए मुलुकमा समृद्धि असम्भव छ। तीनवटै वर्गको श्रम र पूजीबाट आ र्थिक उत्थानमा उनले ध्यान दिएको देखिन्न ।

निम्न वर्गको पक्षपाती आफूलाई देखाएर क्रान्तिकारी देखिन खोजेका छन् ।तर,व्यवहारमा ओली दलाल ,विचौलिया,माफिया र भ्रष्टहरूको संरक्षक हुन्।

उनले आ फ्नाे प्रतिवेदनमा अलेसम्म एमालेले मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद अब असान्दर्भिक भएको बताएका छन् ।नेपाली विशेषताको सममाजवादलाई उनले अघि सारेका छन् ।दलाल अर्थतन्त्रले निचोरेको हाम्रो समाजमा समाजवादी नारा अघि सार्नु जति सजिलो छ।त्यो प्राप्ति गर्न असहज छ।

पहिलो कुरा नेतृत्वमा समस्या छ।जीवन शैली,उत्पादन सम्बन्ध र आचरण मुल समस्या हो। बेइमान,लुच्चा र भ्रष्टहरूलाई साथमा लिएर नेपाली विशेषताको समाजवाद कल्पना र सपना हो।यसैमा वित्तीय पूँजीवादले हाम्रो समाज खिर्लिप्पै निलिसकेको छ। यस्तो बेलामा ओ लीले अघि सारेको नेपाली विशेषताको समाजवाद कति सम्भव र सान्दर्भिक होला र

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  ६ : ४४ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित