एयर इन्डिया एक्सप्रेसले भारतबाट काठमाडौंमा नियमित दैनिक उडान सञ्चालन गर्ने भएको छ ।
टाटा ग्रुप अन्तर्गतको एयर इन्डियाको सहायक कम्पनी एयर इन्डिया एक्सप्रेसले बेंगलौर र मुम्बईबाट दैनिक काठमाडौं उडानहरू सञ्चालन गर्न अनुमति प्राप्त गरेसंगै नियमित उडान गर्न लागेको हो।
कम्पनीले यही आउँदो जुन १, २०२५ देखि बेंगलौबारबाट दैनिक उडान बिहान ८स्०५ बजे सिधै काठमाडौँ आइपुग्ने र बिहान ९स्०५ बजे प्रस्थान गर्ने गरी सञ्चालन गरिने एक्सप्रेसले जनाएको छ ।
विगतमा नेपाल एयरलाइन्सले काठमाडौँबाट बेंगलौकार लागि नियमित उडानहरू सञ्चालन गर्थ्यो । तर, हाल कुनै पनि उडान सञ्चालन गरिएको छैन ।
बेगलौर नेपाली विद्यार्थीहरूका लागि लोकप्रिय गन्तव्य हो र दुई सहरहरू बीच उडान सुरु गरेपछि यो उनीहरूका लागि धेरै सुविधाजनक हुने दाबी एयर इन्डिया एक्सप्रेसको छ ।
भारतबाट धार्मिक पर्यटनका लागी नेपाल आउन चाहने यात्रुहरूका लागि पनि यस उडान ले योगदान गर्ने विश्वास एक्सप्रेसको छ । यो उडानसँगै दुई देशहरू बीचको पर्यटन र कनेक्टिभिटी पनि बढ्नेछ।
निकट भविष्यमा, एयर इन्डिया एक्सप्रेसले मुम्बईमा पनि दैनिक उडानहरू सञ्चालन गर्नेछ। ट्राभल राइट प्रा।लि। नेपालमा एयर इन्डिया एक्सप्रेसको लागि जीएसए हो।








