सरकारले प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने भएको छ । हालसम्म एकीकृत रूपमा पोसाक खरिदका लागि टेन्डर हुँदै आएकोमा अब नगद दिने व्यवस्था गर्न लागिएको गृहमन्त्री सुधन गुरुङले बताए ।
गृहमन्त्री गुरुङले बिहीबारको प्रतिनिधि सभा बैठकमा भने,‘प्रहरीको पोसाकको विषयमा टेन्डर हुने र यसमा धेरै भ्रष्टाचार हुने कुरा देखिएको छ । अब यसको सट्टा हामी नगद नै दिने तयारी गरिरहेका छौँ ।’








