५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

प्रहरीलाई पोशाक खर्च नगदै !


४ असार २०८३, बिहिबार  


सरकारले प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने भएको छ । हालसम्म एकीकृत रूपमा पोसाक खरिदका लागि टेन्डर हुँदै आएकोमा अब नगद दिने व्यवस्था गर्न लागिएको गृहमन्त्री सुधन गुरुङले बताए ।

गृहमन्त्री गुरुङले बिहीबारको प्रतिनिधि सभा बैठकमा भने,‘प्रहरीको पोसाकको विषयमा टेन्डर हुने र यसमा धेरै भ्रष्टाचार हुने कुरा देखिएको छ । अब यसको सट्टा हामी नगद नै दिने तयारी गरिरहेका छौँ ।’

प्रकाशित मिति : ४ असार २०८३, बिहिबार  ८ : ०३ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित