भरखरै भारत सम्पन्न विधा सभा निर्वाचनले परम्परागत वैचारिक र सैद्धान्तिक ढर्राको अन्त्य गरेको छ। दशकौंदेखि वामपन्थी शक्तिहरूको अभेद्य किल्ला मानिएका भारतका राज्यहरूमा बदलिएको मतले बामपंथीहरूले सर्मनाक हार।बेहोरे। जनताले विचारधाराभन्दा माथि सुशासन र डेलिभरी अर्थात परिणाममुखी शासनलाई अनुमोदन गरेको देखिन्छ ।
पश्चिम बङ्गालमा ढल्यो,ममता र बामपंथीको विरासत !
भरखरै पश्चिम बंगनलमा सम्पन्न विधान सभाको निर्वाचन परिणामले ममता बेनर्जी र वामपन्थी दुवैको विरासतमा पूर्णविराम लगाइदिएको छ।
पश्चिम बङ्गालमा १५ वर्षको ममता बनर्जीको शासन र त्यसअघिको ३४ वर्षको वामपन्थी विरासत दुवै अहिले रक्षात्मक अवस्थामा पुगेका हुन्।
ममता बनर्जीले आफ्नै गढ ुभवानीपुरु बाट हार व्यहोर्नु भारतीय राजनीतिको सबैभन्दा ठूलो ुअपसेटु हो। उनी सुवेन्दु अधिकारीसँग १५ हजार एक सय ५ मतान्तरले पराजित भईन्। यो चुनावी परिणाम देखाए अनुसार उनीप्रति जनतामा कति धेरै गहिरो आक्रोश रहिछ भन्ने देखाउँछ। गएको फागुन २१ मा मेचीवारि बामपंथी नेता केपी ओ ली हार बेहोरेका थिए,भने मेची पारी पश्चिम बंगालमा ममताको १५ वर्षे शासन ढल्यो।
ममताको पराजयको कारण कम्युनिस्ट अतिवाद नै हो। उद्योगीलाई माफिया र तस्कर देख्ने तर,शिक्षा स्वास्थ्यमा निशुल्क वितरण सस्तो नाराले अन्ततः पराजय भोगेको हो । उनको नीतङ यतिसम्म थियोे थियो कि, टाटा न्यानोलाई धपाएर समाजवाद स्थापना हुन्छ भन्ने थियोे । ममताको शून्यता र बेरोजगारीको कारण आफैलाई निकै महंगो भयो ।
नेपालमा बामपंथीहरूले विदेशीलाई गाली गरेर आ फ्नो अक्षता ढाकछोप गर्छन्। ममताको राजनीति पनि ुगरिबमुखीु नारा थियोे । यसले केही समय लोकपृयता कमाएपनि अन्ततः बेरोजगारी र गरिबी हटेन ।नयाँ पुस्ताले जुन कुरालाई निर्वाचन मार्फत जवाफ दियो।
यसैगरी ममताकाृ सत्ता ढल्नुको अर्को कारण हो, राज्य कब्जाको नीति । राज्यको हरेक निकाय र अंगमा कार्यकर्ता भर्तीले उनलाई पराजय दियो। राज्यका निकाय कब्जाको शैलीलाई तृणमूलले संस्थागत गर्यो। यतिसम्म भयो कि कर्मचारीतन्त्र र प्रहरीको राजनीतिकरणले गर्दा साधारण जनताले न्याय र विकास पाउने दिनको अन्त्य भयो। भनसुन र।पहुँचमा राज्य सत्ता चल्न थालेपछि जनता साह्रै चिढिए र विधान सभा निर्वाचनबाट ममता नेतृत्वलाई सदाको लागि विदाइ गरे।
केरलामा पनि भत्कियो ‘लाल किल्ला’ !
सन १९५७ मा पहिलोपटक विश्वमै बामपंथी सरकार बनेको थियो । लामो समय बामपंथीहरूको नमुनाको रूपमा स्थापित केरला यश पटकको विधान सभा निर्वाचनबाट सोत्तर भयो ।
केरला भारतको त्यस्तो राज्य हो। हरेक पाँच वर्षमा सरकार बदलिने परम्परा छ । जसलाई तोडेर पिनाराई विजयनले इतिहास रचेका थिए। तर, यसपटक त्यहाँका जनताले वामपन्थीहरूलाई नराम्ररी अस्वीकार गरे ।
जहाँ कांग्रेस नेतृत्वको युडीएफले १०२ सिट जित्दा वामपन्थी गठबन्धनले ३५ सिटमा मात्रै विजय हासिल गर्यो । यस्तो हुनुमा मुख्य कारण अहंकारवाद र नातावाद हो ।
यसैगरी स्वास्थ्य र शिक्षामा ‘केरला मोडल’लाई निकै चर्चा गरिन्छ ।तर, आर्थिक अवसर र भ्रष्टाचार नियन्त्रणमा सरकार निरन्तर असफल हुँदा जनता वितृष्णा शुरू भयो ।
यस्तै तमिनाडुमा पनि नयाँ शक्तिको उदय भएको छ। विधान सभा चुनावले पुरानो सिद्धान्त बोकेका दल मात्र होइन, स्थापित क्षेत्रीय दलहरूलाई पनि कडा चुनौती दिएको छ। तमिलनाडुमा अभिनेता विजयको पार्टी टीभीकेले चमत्कार गरेको छ। उसले हासिल गरेको १०५ सिट ले देखाउँछकि, जनता अब ‘द्रविडियन’वा ‘कम्युनिष्ट’जस्ता पुराना भाष्यमा अल्झिन चाहँदैनन्। उनीहरू नयाँ अनुहार र नयाँ कार्यशैली खोजिरहेका छन् भन्ने नतिजाले देखाउँछ ।००००








