२ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025

बीमा रकम झिक्ने क्रम बढ्यो,पाँच महिनामा ४५ हजारले गरे,बीमा सरेन्डर !


१९ पुस २०८१, शुक्रबार  


पछिल्लो समय बीमा रकम झिक्ने क्रम निकै बढेको छ। यही चालू आर्थिक वर्षको पाँच महिनामै मात्रै ६ अर्ब बढीको बीमा रकम सरेन्डर भएको छ । यो भनेको कुल व्यवसायको झन्डै ११ प्रतिशत हाराहारीमा बीमा सरेन्डर भएको हो ।

नेपाल बीमा प्राधिकरणले हालै उपलब्ध गराएको चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको तथ्याङ्कले देखाए अनुसार ४५ हजार बीमितले बीमा सरेन्डर गरेका छन् ।

यही आर्थिक वर्षमा गएको साउनदेखि मंसिर मसान्तसम्म आइपुग्दा १४ वटा जीवन बीमा कम्पनीका ४५ हजार बढी बीमितले बीमालेख त्यागेका हुन् । यो मीक्षा अवधिमा ६ अर्ब १० करोड ७२ लाख रुपैयाँ बराबरको बीमा सरेन्डर भएको छ । ४५ हजार ६० बीमितले यस बराबरको बीमा सरेन्डर गरेका हुन् । यो मंसिर मसान्तसम्मको व्यवसायको १०।७६ प्रतिशत हुन आउँछ ।

नियमित प्रक्रिया भएपनि अवधि नसकिँदै बीमालेख त्याग्ने क्रम निरन्तर बढीरहेको छ । मंसिर महिनामा मात्रै ९ हजार ७५ बीमितले १ अर्ब २७ करोड ७५ लाख रुपैयाँ बराबरको बीमा सरेन्डर गरेका छन् । मासिक औसतमा १ अर्ब २२ करोड हाराहारीमा बीमा सरेन्डर भएको आँकडा देखिन्छ छ ।

चालु आर्थिक वर्षको पहिलो महिनामा १ अर्ब ५४ करोड ११ लाख रुपैयाँ बराबरको १० हजार २९२ वटा बीमालेख सरेन्डर भएको थियो ।
प्राधिकरणका अनुसार भदौमा १ अर्ब २१ करोड २२ लाख रुपैयाँ बराबरको ९ हजार ४४९ वटा बीमालेख, असोजमा १ अर्ब ५० लाख बराबरको सरेन्डर भएको थियो । गएको कात्तिक मसान्तसम्म आइपुग्दा ४ अर्ब ८२ करोड ९७ लाख रुपैयाँ बराबरको ३५ हजार ९८५ वटा बीमालेख सरेन्डर भएको थियो ।

प्राधिरकणका अनुसार सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल९एलआइसी० का बीमितले बीमाले त्यागेका छन् । पाँच महिनामा एलआइसीको १ अर्ब ९३ करोड ३५ लाख रुपैयाँ बराबरको ११ हजार ७९३ वटा बीमालेख बन्द भएका छन् ।

दोस्रो स्थानमा रहेको नेपाल लाइफको पनि १ अर्ब ६७ करोड ९६ लाख रुपैयाँ बराबरको बीमा सरेन्डर भएको देखिन्छ । कम्पनीका १० हजार ३१७ बीमितले बीमालेख त्यागेका हुन् । सरेन्डर रकममा एलआइसी र नेपाल लाइफको मात्रै ५९।१६ प्रतिशत छ ।

यस्तै, राष्ट्रिय जीवन बीमा कम्पनीको ५१ करोड ३२ लाख बराबरको ५ हजार ४१० वटा बीमालेख, एशियनको ४० करोड १४ लाख बराबरको ३ हजार ७५२, नेशनलको ३७ करोड ११ लाख बराबरको २ हजार ५४१, सूर्यज्योतिको ३२ करोड ६४ लाख रुपैयाँ बराबरको २ हजार ४८८ वटा बीमालेख बन्द भएका छन् ।

यता, हिमालन लाइफको २८ करोड ३० लाख, मेट लाइफको १७ करोड २३ लाख, सानिमा रिलायन्सको १० करोड ९५ लाख, आइएमईको ८ करोड ४३ लाख, सिटिजनको ८ करोड, प्रभू महालक्ष्मीको ७ करोड ८० लाख, रिलायवलको ४ करोड ४६ लाख र सन नेपाल लाइफको २ करोड ९४ लाख रुपैयँ बराबरको बीमा सरेन्डर भएको देखिन्छ ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ७ : ४७ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित