१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

राजावादी समूहले गरेको आगजनीमा परेर एभिन्युजका क्यामरापर्सन सुरेश रजकको मृत्यु


१४ चैत्र २०८१, शुक्रबार  


शुक्रबार राजावादी समूहले कोटेश्वरको घरमा आगजनी गर्दा एभिन्यूजका क्यामरापर्सन सुरेश रजकको ज्यान गएको छ।

रिपोर्टिङमा संगै पुगेका सम्वादाता पारस श्रेष्ठका अनुसार घरको छतबाट दृष्य कैद गरिरहेको बेला आगजनी भएको हो।

राजावादी समूहले घरमा आगो लगाएपछि छतबाट उनी झर्न पाएनन् । आगोमै जलेर मृत्यु भएको सम्वादाता श्रेष्ठको भनाइ छ।


यसैगरी ,काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनकारी र प्रहरीबीचको झडपमा प्रहरीको गोली लागेका ३ जनामध्ये घॉटीमा गोली लागेको कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको छ। उनको शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।

प्रकाशित मिति : १४ चैत्र २०८१, शुक्रबार  ७ : ४९ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित