२१ फाल्गुन २०८२, बिहिबार | Fri Mar 6 2026

घोराही उपमहानगरमा मानव सेवा समाजलाई ८ लाख पेश्की, पौने पाँच लाखका बीलमा महालेखाको प्रश्न !


१३ असार २०८२, शुक्रबार  


महालेखा परीक्षकको ६२ औ प्रतिवेदन अनुसार घोराही उपमहानगरपालिकाले पौने पाँच लाखका बील एउटै मितिका एउटै पसलका राखेर फच्यौट गरिएको पाइएको छ।

घोराही उपमहानगरपालिकाले बेवारिसे मानव व्यवस्थापनका लागि मानव सेवा आश्रम तथा सेवा घर अनुदान कार्यक्रमबाट मानव कल्याण समाजनामको गैरसरकारी संस्थाको नाममा ८ लाख दिइएको पेश्कीको फच्र्यौटमा यस्तो दोहोरोपना देखिएको हो बील फच्यौट गर्दा मानव कल्याण समाजले एउटै पसल आचार्य संजिव एण्ड संजय ब्रदर्शबाट खरिद गरेको देखिएको छ।

एउटै पसलबाट एउटै मितिका बीलको रकम चार लाख ७५ हजार २०१ रुपैयाको भुक्तानी दिइएको पाइएको हो । यसरी मापदण्ड विपरीत एउटै पसलबाट सामान खरिद गरी सो पेश्की वापतको रकमको फच्यौट गरिएको भन्दै महालेखा परीक्षकले प्रश्न उठाएको छ। त्यसमा पनि ७ लाख ९५ हजार ५ सय ८०को बील पेश गरिएपनि ४४१९ को बील समेत पेश नगरिएको पाइएको छ।


नगरपालिकाले प्रेस सल्लाहकार, कानुनी सल्लाहकार लगायतका व्यक्तिको नियुक्तिसंगै विभिन्न गैर सरकारी संस्थाहरुलाई पनि सरकारी रकम वितरण गरेको भन्दै प्रश्न गरेको छ। यस अघि बिग्रिएका सवारी तथा ढुवानी गाडीमा इन्धन खर्च गरिएको भन्दै पालिकामाथि प्रश्न उठेको थियो। पालिकाभित्रका यस्ता दर्जनौ बेथितिहरु छन्। यस्ता बेथितिको विषयमा जिल्लाका कुनै पनि दल वा नागरिक समाजले मुख खोल्दैनन्। तै चुप मैचुपमा उपमहानगरभित्रको बेथिति टुलटुलु हेरेर बसको स्थानीयले बताउँछन।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  १ : ४९ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित