प्रधानमन्त्री ओली अमेरिका भ्रमण सकेर साेमबार अपरान्ह ४:१५ बजे त्रिभुवन विमानस्थल स्थलमा अवतरण गरेका छन् ।
उनको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टाका लागि बन्द गरिएको थियोे । कार्यबाहक प्रधानमन्त्रीले स्वागत गरेर पनि हुने कार्यक्रमलाई उनको लागि भन्दै एयर ट्राफिक जाम गरेर उत्सवमय बन्याे ,विमानस्थल । उनी यही असाेज ४ गते संयुक्त राष्ट्र संघको ७९ सभामा भाग लिन गएका थिए।
विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले आन्तरिक तथा बाह्य दुवै उडान आधा घण्टालाई रोकिएको जानकारी दिए । ओलीको अवतरणका लागि काठमाडौँमाथिको आकाशमा आएका अन्य जहाजलाई होल्ड गरिएको थियो ।
जनता बाढी पहिराेबाट प्रताडित छन् । करिब २ सय जनाकाे ज्यान गएको छ।सरकार प्रमुखको सान र मान उदेकलाग्दो छ। देश राेईरहेकाे बेला भ्रमण छाेट्याएर स्वदेश फर्कनु पर्ने प्रधानमन्त्री एयर ट्राफिक जाम गरेर सान देखनउँछन्।
हेलिकप्टरबाट केक बाेकेर जन्म दिन मनाएका ओलीले आ काश हाेल्ड गरेर विमानस्थलमा झरे।








