बीबीसीले सन् २०२४ का लागि सार्वजनिक गरेको विश्वका १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी वातावरण विज्ञ शिलशिला आचार्य पनि परेकी छन् ।
बीबीसीले सन् २०२४ को लागि सोमबार प्रकाशित गरेको १०० प्रभावशाली महिलाको सूचीमा अटाएकी उनी दशकभन्दा लामो समयदेखि जलवायु परिवर्तन, फोहोर व्यवस्थापन र वातावरणीय न्यायको क्षेत्रमा योगदान पुर्याउँदै आएकी छन् ।
हाल अभ्नि सेन्टर फर सस्टेन्एबिलिटीकी निर्देशक रहेकी उनी वातावरणीय समाधान र दिगोपन प्रवर्द्धनमा काम गरिरहेकी छन् ।
प्लास्टिकको प्रयोग घटाउन, फोहोर व्यवस्थापन प्रणाली सुधार्न र इलेक्ट्रोनिक फोहोर पुनःचक्रणमा महत्वपूर्ण भूमिका खेलेको बीबीसीले उल्लेख गरेको छ । उद्यमशीलतालाई वातावरणीय न्यासँग जोड्नुपर्नेमा जोड दिदै आएकी उनी काठमाडौं उपत्यकामा प्लास्टिक प्रतिबन्धको अभियानमा सक्रिय रहँदै आएकी छन् । वातावरण संरक्षणमा नीति निर्माणसम्म सक्रिय उनको संस्था ग्रामीण र शहरी क्षेत्रमा वातावरणीय प्रभावलाई कम गर्न स्थानीय तहमा काम गरिरहेको छ।
उनी जलवायु परिवर्तनका मुद्दालाई समावेशी बनाउन ग्रामीण क्षेत्रका अनुभवलाई नीति र व्यवहारमा जोड्ने प्रयासमा छिन्।
शिलशिलाको यो सफलताले नेपाली महिलाको वातावरणीय अभियानलाई विश्वव्यापी मान्यता दिलाएको जानकारहरू बताउँछन् ।